नेपाली नयाँ बर्षको पुर्व सन्धामा सौराहामा सोचे भन्दा बढी पर्यटक ओरिए, सौरेली व्यवसायी उत्साहित (भिडियोसहित)

 

राजेन्द्र आचार्य
चितवन, ३० चैत। मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा पर्यटकहरुको घुईचो लागेको छ । भुकम्प, नाकावन्दी, नारायाणगढ मुग्लिन सडकका कारण सुस्ताएको चितवनको सौैराहाको पर्यटन क्षेत्रमा नयाँ बर्ष २०७६ सगैँ बाह्य भन्दा आन्तरिक पर्यटकहरुको घुईचो लागेको हो ।
जसका कारण यतिवेला व्यवसायीहरुमा खुसीयाली पनि छाएको छ ।
यतिवेला सौराहाका होटल बुकिगं भई भरिभराऊ भएक छन् । सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले नयाँ बर्षसगै सोचे भन्दा दोब्र बढी आन्तरिक पर्यटकको घुइचो लागेकोपछि पर्यटन वयवसायीहरुमा खुसीयाली छाएको हो ।

 

 

 

 

 

नयाँ बर्षको अवसरमा शनिबार परेका विदाका कारण परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि सौराहामा आएपछि भीड लागेको व्यवसायीहरूले बताएका छन् ।
नेपाली नयाँ बर्ष २०७६ को पूर्व सन्ध्यामा यहाँका होटलहरु गतबर्षभन्दा दोब्बर पर्यटकहरुद भित्रएको व्यवसायीहरुले बताएका छन् ।
नारायणगढ मुग्लिन सडकका निराश बनाएको अवस्थामा नयाँ बर्ष को पहिलो दिन नै धेरै पर्यटकहरु आउदा आफुहरु उत्साहित भएको क्षेत्रिय होटल संघ सौराहाका कोषाध्यक्ष शिरलाल परियारले बताए ।

२०७५ सालको अन्तिम र नयाँ २०७६ शुरुदेखि नै चितवनको सौराहामा जोडी तथा रमाईलोका लागि समुहगत रुपमा आन्तरिक पर्यटकहरु भिड उल्लेख छ ।
विदेशी पर्यटकहरुपनि अहिले विगत भन्दा धेरै नै बढी देखिएको रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले बताए । यहाँ आएका पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्जका गैँडा, हात्ती नहेरी फर्कन्नन्, त्यसैले पनि सौराहा पर्यटकका मामलामा भाग्यमानी छ” गिरीले भने ।
लामोसमयदेखि सुस्ताएको पर्यटन व्यवसाय अहिलेको विदाको समयमा वृद्धि भएको संघका अध्यक्ष सुमन घिमिरेले बताए ।

निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पन्क्षीहरूले पर्यटकको मन जित्ने गरेको संघका सदस्य एवं होटल अर्कीड होटलका प्रबन्ध निर्देशक जीतु तामागंले बताए ।

निकुञ्जमा जिप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफेर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर चराचुरुड।गीले पर्यटकको मन लोभाउने गर्दछ ।
पर्यटक आउँदा सौराहाका पव, रेष्टुरेन्टका छाप्राहरू पनि भरिभराउ देखिएका छन् ।
गएको वर्ष भन्दा अहिले ४० प्रतिशत पर्यटकको सख्या वृद्धि भएको क्षेत्रिय होटल संघले जनाएको छ । चितवनको सौराहा मात्रै नभई भरतपुर, पटिहानी, जगतपुर, मेघौली, का होटलहरूमा पनि आन्तरिक पर्यटकको सख्या ह्वात्तै वढेको छ ।