झुटो होइन गीतको म्युजिक भिडियो आउने

चितवन, ३० चैत । नयाँ वर्षको अवसर पारेर झुटो होईन भन्ने गीतको म्यूजिक भिडियो आईतबार सार्वजनिक हुने भएको छ ।
शनिबार भरतपुरमा रहेको होटल सेन्टर प्वाइन्टमा शनिबार पत्रकार सम्मेलन गरी गायक अनिल राईको स्वर रहेको तिम्रो मान्छे म भाग २, मा समाहित झुटो होईन बोलको गीत सार्वजनिक हुन लागेको जानकारी दिइएको हो । आभास रानाको निर्देशन रहेको सो म्यूजिक भिडियोको सम्पादन सुबोध श्रेष्ठले गरेका छन् । म्यूजिक भिडियोमा मुख्य कलाकारहरु आर्यन क्षेत्री र सुकु गर्बुजा छन् भने अन्य कलाकारहरुमा मन्दीप गुरुङ, प्रशान्त अधिकारी, जेन्नी घमाल, शंकर निर्देश, विजय तामाङलगायतका रहेका छन् ।
म्यूजिक भिडियोको छायांकन आभास राना, शंकर निर्देश र सुनिल लामाले गरेका हुन् । करीब ७० हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो म्यूजिक भिडियो चितवन र नवलपरासीका विभिन्न ठाउँमा छायांकन गरिएको छ । फरक धारमा तयार गरिएको सो म्यूजिक भिडियो दर्शकले अवश्य मन पराउनेमा झुटो होईनको टिमले विश्वास लिएको छ ।