देशैभर २४ औँ वन्यजन्तु सप्ताह मनाईयो, चितवनमा प्लाष्टिक मुक्त अभियानलाई थप सशक्त बनाउन जोड (फोटोफिचर)

राजेन्द्र आचार्य
चितवन, ०१ बैशाख । २४ औँ वन्यजन्तु सप्ताह चितवनसहित देशैभरका निकुञ्ज तथा आरक्षहरुमा मनाईएको छ । वन्यजन्तु संरक्षणका लागि सहकार्य भन्ने मुल नारासहित साताव्यापी कार्यक्रम शुरु गर्दै देशैभरका निकुञ्ज तथा आरक्षहरुमा मनाईएको हो । सोही अवसरमा चितवनमा पनि आजदेखि २४ औं वन्यजन्तु सप्ताह शुरु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा पहिलो दिन झण्डोतोलन, प्लास्टिकजन्य वस्तुहरुको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि सचेतना र्याली तथा घरदैलो कार्यक्रम गरि सप्ताहको सुरुवात गरिएको हो ।
पहिलो दिन सौराहामा राष्ट्रिय झण्डातोलन गरि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाका प्रमुख तथा सहायक संरक्षण अधिकृत ऋषिराम रानाभाट सुरु गरेका थिए ।

सो अवसरमा बोल्दै रानाभाटले संरक्षणलाई दिगो बनाउन कुनै वन्यजन्तु विविध कारणले ज्यान नगुमाउन र मानव र वन्यन्तु विचको द्धन्द्ध निरुसाहित गर्न लाग्नु पर्ने बताए ।
उनले स्थानियहरु सहभागीतामा अबका दिन संरक्षणलाई अगाडी बढाउनुपर्ने बताए ।

आज बैशाख १ गते देखि ७ गते सम्म विभिन्न संरक्षण मुलक कार्यक्रमहरु गरि देशभर वन्यजन्तु सप्ताह २०७६ मनाइन्छ।

आज चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत सौराहा सेक्टरमा मृगकुञ्ज उपभोक्ता समितिको अगुवाइमा सौराहामा कृयाशिल विभिन्न २४ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा आज वन्यजन्तु सप्ताह सुरु गरिएको हो ।

कार्यक्रममा क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले सौराहामा प्लास्टिकजन्य वस्तुहरुको न्यूनीकरण गर्दै पर्यावरण स्वस्छ राख्न होटल ब्यवसायीहरु लागि पर्ने बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले पर्यटकिय क्रियाकलाप गर्दा वन्यजन्तुहरुलाई कम असर पर्ने गरि भावी सन्ततिको लागि प्राकृतिक सम्पदाहरु जोगाइ राख्नु पर्ने बताए।
मृगकुञ्ज उपभोक्ता समितीका अध्यक्ष बासुदेव ढुङ्गानाले समुदाय र निकुञ्ज मिलि वन्यजन्तुको संरक्षणमा चितवन देश कै उदाहरणिय रहेको बताए । उनले संरक्षणलाई दिगो रुपमा अगाडी बढाउन स्थानिय सहभागीता विना असम्भव देखिएको बताए ।

कार्यक्रम ७ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउने बाघ संरक्षण उपसमितिका अध्यक्ष जित बहादुर तमाङ्गले बताए ।
उनले अब प्लास्टिक नियन्त्रण तथा व्यवस्थापन वैज्ञानिक ढंगले गरे निकुञ्जको पर्यावरण जोगाइ राख्न सकिने बताए। साथै निकुञ्जमा प्लाष्टिक मुक्त भने पनि प्लाष्टिकको प्रयोग नघटेको भन्दै यसको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबै एकजुट हुनुपर्ने बताए ।

सप्ताहमा विविध कार्यक्रमहरु वन्यजन्तुको आनीबानी, बच्ने उपाए, तथा डढेलो नियन्त्रणका कार्यक्रम, घाँसे मैदान व्यवस्थापन, बाघ र गैंडा संरक्षण सम्बन्धी अन्तरक्रिया समेतलाई यस बर्ष विशेष प्रथामिकतामा राखिएको छ ।