विप्लव समूहका जिल्ला सदस्‍य बस्याल पक्राउ

नवलपरासी,  बैशाख १ । पश्चिम नवलपरासीबाट नेकपा विप्लव समूहका जिल्ला सदस्य रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ। बस्याललाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाएको हो।

बस्याललाई दिउँसो १ बजे आफ्नै निवास बर्दघाट नगरपालिका ४ आनन्द नगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। विप्लव नेकपामा सक्रिय भएर गतिविधि संचालन गरेको भन्दै  बस्याललाई पक्राउ गरिएको प्रहरीले बताएको छ।