समृद्धिका लागि युवा खेलाडीहरुको भूमिका महत्वपूर्ण : मन्त्री लामा

राजेश रुम्बा
चितवन बैशाख १ । देश संघिय ढांचामा गइसकेको र देशमा हाल कुनै पनि द्धन्द्ध नरहेकोले यो देश समृद्धी तर्फ उन्मुख भैसकेको जनाउदै भूमि व्यबवस्थ तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले देश निर्माणका निम्ति युवा खेलाडी, कलाकार, पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण रहेकोले सबै जना लाग्नु पर्ने बताएका छन् ।
पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ८ थ्री ग्रुपमा क्रियाशिल कालिका सिर्जनशील युवा परिषद्द्धारा आयोजना गरिएको बृहत नव बर्ष मेला २०७६ को समुद्घाटन गर्दै लामाले सो कुरा बताएका हुन्
मन्त्री लामाले पूर्वी चितवनको विशेष गरि राप्ती नगरपालिका भित्र गर्नु पर्ने विकासको कार्यहरु तदारुपताका साथ अघि बढ्दै भन्दै प्रस्तावित फन पार्क पनि छिट्टै सम्पन्न हुने कुरामा ढुक्क हुन् समेत ८ नं बासीलाई आश्वासन दिएका छन् ।
कार्यक्रममा विशेष अथितिको रुपमा ३ न प्रदेशका मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार जे एन थपलिया, नगर प्रमुख प्रभा बराल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार कंडेल, सो वडाका वडा अध्यक्ष बुद्धिराज थपलिया ,नगर सचिवालय सदस्य श्याम लाल विक लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम युवा परिषद्का अध्यक्ष सोम बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । मेला यहि बैशाख १ गते देखि ३ गते सम्म रहने छ ।