चितवनको भरतपुर चौविसकोठीको आईल्याण्ड १० वर्षपछि बत्ती र पानीको फोहोरासहित पुनः सञ्चालन,

उर्गेन तामाङ

चितवन, बैशाख १ । भरपुर महानगरपालीका १० चौविसकोठीमा रहेको आईल्याण्ड १० वर्षपछि पुनः सञ्चालनमा आएको छ । महानगरपालीका र विभिन्न नीजि क्षेत्रको सहयोगमा सामाजीक अभियान वेटर चितवनले आवश्यक मर्मत सम्भार गरेपछि सञ्चालनमा आएको हो । महानगर प्रमुख रेनु दाहालले आईतवार साँझ एक कार्यक्रमकाविच आईल्याण्डमा जडान गरीएको बत्ती र पानीको फोहोराको स्विच अन गरेर उद्घाटन गर्नुभयो ।

स्मार्ट महानगरको सपना चाँडै साकार हुन्छ ः रेनु दाहाल

कार्यक्रमलाई संवोधन गर्दै महानगर प्रमुख दाहालले सवैको सहकार्यबाट नै समृद्ध महानगरको संकल्प पुरा हुने बताउनुभयो । प्रमुख दाहालले सामाजीक संघ संस्थाको सक्रियतामा आईल्याण्ड सञ्चालन हुनुले भरतपुरलाई स्मार्ट सिटि बनाउने सपना साकार हुन थप बल मिलेको बताउनुभयो ।


सवै व्यक्ति, सवै संघसँस्था, नीजि क्षेत्र, सरकारी तथा गैरसरकारी संघ संस्थाले आआप्mनो स्थानबाट सकरात्मक सोचका साथ सहकार्य गरे स्मार्ट सिटिको नारा साकार गर्न धेरै समय नलाग्ने उहाँको भनाई छ । यस्तै उहाँले गएको वर्ष २०७५ साल विकास निर्माण, लगायत समृद्ध महानगरका लागी शुखद भएको र २०७६ सालमा अझ धेरै काम गर्ने अठोटका साथ अघि बढेको बताउनुभयो ।

कार्यक्रममा महानगरपालीकाकी उपप्रमुख पार्वति शाह ठकुरी, प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुवेदि, उद्योग वाणीज्य संघ चितवनका प्रथम उपाध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, हस्पिटल रोड टोल विकास समितिका अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

आईल्याण्ड संरक्षणको जिम्मा वेटर चितवनलाई

आईल्याण्ड संरक्षणको जिम्मा आइल्याण्ड सञ्चालनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको वेटर चितवनलाई नै दिईएको छ । भरतपुर महानगरपालीकाको २ लाख, उद्योग वाणीज्य संघ चितवनको १ लाख र चौविसकोठी वरीपरिका विभिन्न हस्पीटलको तर्फबाट करिव १ लाख गरी ४ लाखको स्टामेटमा आईल्याण्ड सञ्चालनमा ल्याईएको वेटर चितवनका संयोजक सागर कार्किले बताउनुभयो ।


आईल्याण्डमा ३० वटा बत्ति जडान गरीएको छ । ४ रङमा बल्ने बत्ती एउटैको ३ हजार परेको वेटर चितवनले जनाएको छ । यसअघि जडान गरीएका बत्ती अधिकांस हाराएको थियो भने केहि विग्रिएको अवस्थामा रहेको थियो । यस्तै पानिका फोहोराका सामाग्री पनि थपिएको छ । अधिकांस सामाग्री काठमाण्डौबाट ल्याईएको वेटर चितवनका सहसंयोजक अजय डिसीले बतउनुभयो ।

यसअघि होलीको अवसरमा वेटर चितवले वे ग्रुपसँगको सहकार्यमा आईल्याण्डमा रंग रोगन गरेको थियो । त्यसपछि गएको चैत्र २७ गत्तेदेखि ३ दिन लगाएर बत्ती, पानिको फोहोरा सामाग्रीको मर्मत तथा जडान गरीएको डिसीले बताउनुभयो ।

अब आईल्याण्ड विहान बेलुकी २ समय अथवा पुरै दिनभरीनै सञ्चालन गर्ने भन्नेबारे सल्लाह भईरहेको वेटर चितवनले जनाएको छ । अहिले तत्कालका लागी विहान ८ देखि १० बजेसम्म र साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने तयारी भएको छ । ट्राफिक व्यवस्थापनमा असर नगरे दिनैभरी सञ्चालन गर्ने तयारी रहेको छ ।


नयाँवर्षकै दिन आईल्याण्ड सञ्चालनमा आएसँगै चौविसकोठी क्षेत्रमा फोटो खिचाउनेहरुको भिड लागेको छ । चौविसकोठीसँगै भरतपुरका विभिन्न स्थानमा निरन्तर सरसफाई अभियान सञ्चालन गर्दै आएको सामाजीक संस्था वे ग्रुपका सदस्य जीवन खरेलले आईल्याण्ड सञ्चालन हुनु आफैमा राम्रो भए पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले यसको दिर्घकालीन व्यवस्थापनका लागी सञ्चालन, संरक्षण लगायत सम्पुर्ण जिम्मा स्थानिय सरकारको रुपमा रहेको भरतपुर महानगरपालिकाले लिनुपर्ने बताउनुभयो ।


वे ग्रुप लगायतका विभिन्न सामाजीक संघसस्थाको निरन्तरको प्रयासपछि चौविसकोठी क्षेत्र सरसफाईको दृष्टिले महानगरकै नमुना बन्दै गईरहेको अवस्थामा आईल्याण्ड सञ्चालनमा आएको छ । दैनिक दशौँ हजार सवारी साधानमार्फत पचासौँ हजार यात्रु आवतजावत हुने यस क्षेत्रलाई सरसफाई युक्त क्षेत्र घोषणाको तयारी गरीरहेको छ ।

१० वर्ष अघि बनेको उक्त आईल्याण्ड करिव ६ महिना सञ्चालन भएपछि विग्रिएर बन्द भएको थियो । २०६६ सालमा तत्कालीत भरतपुर नगरपालीका, तत्कालीन उद्योग वाणिज्य संघ र निम्वस दाना उद्योगको संयुक्त लगानिमा निर्माण गरेको थियो ।