१० गैडा एक ठाउँ जम्मा, हेरौँ ७ फाटो

सागर गिरी
चितवन, २ बैशाख । दुलर्भ एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो ।  यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ ।

प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।त्यसमा नेपालकै पहिलो राष्टिय निकुञ्ज चितवन राष्टिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा हेर्न धेरै पर्यटकहरु लालाहित हुने गर्दछन् ।

 

 

जसका लागि धेरै स्वदेशी तथा विदेशी पर्यटकहरु निकुञ्जमा ओहिरिएका हुन्छन् ।  प्राय एक दुई गैडा त जो कोहीले पनि देखाएका हुन्छन् । यहि क्रममा बाईल्ड लाईफ फोटोग्राफर सागर गिरीले भने एकै ठाउँमा १० गैडा जम्मा भएको तस्वीर कैद गरेका छन् । जुन तस्वीर यतिवेला भईरल भएको छ ।

 

गर्मीको यो मौसममा सागर यतिवेला वाईल्ड लाईफ फिल्म बनाउने तरखरमा छन् ।जसक उनी धेरैजसो समय जंगलमा विताउने गरेका छन् । यहि क्रममा १५ अगाडी मात्रै उनी निकुञ्जको लामी तालमा यो तस्वीर कैद गर्न सफल भएका हुन् । हेरौँ उनले खिचेको १० गैडा एक ठाउँको ७ तस्वीर :