राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिलाई कपिलवस्तुमा स्वागत

कोपिला पोख्रेल
कपिलवस्तु ०२ बैशाख । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओलम्पिक मसाल लिएर आउनु भएका राष्ट्रिय खेलाडिहरुलाई सोमबार कपिलवस्तुको ४ नम्बर जितपुरमा स्वागत एवम सम्मान गरिएको छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा कार्यक्रम गरिएको थियो । खेलकुदले शारिरिक,मानसिक, र अनुशासनमा महत्वपुर्ण भुमिका खेलेको बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताउनु भएको छ ।
नगरप्रमुख थारुले नगरपालिकाले खेलकुद क्षेत्रलाई सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो । उँहाले राष्ट्रिय खेलाडिहरुलाई कपिलवस्तुको बाणगंगामा यसरी स्वागत गर्न पाउदा गर्भ अनुभुति भएको बताउनु भयो ।

राष्ट्रिय तथा अन्तराष्टिय ओलम्पिक खेलमा सहभागि भएका नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउन सफल खेलाडि जितबहादुर केशी एसियन ट्रयाक एण्ड फिल्ड १९७३मा म्यारथन रेसमा कास्य पदक ल्याउन सफल हुनुभएको थियो साथै उँहाले ओलम्पिक २०७२मा जर्मनमा पनि सहभागि हुनुभएको थियो ।
त्यस्तै १९८८मा दक्षिण कोरियामा ओलम्पिक सहभागि हुनुभएका खेलाडि डम्बर कुँवर, त्यस्तै १९८८मा दक्षिण कोरियामा ओलम्पिक सहभागि हुनुभएका महिला खेलाडि मेनुका राउत, १९७६मा अमेरिकामा ओलम्पिकमा सहभागि हुनुभएका बिमला राना मगर, पुर्व चिफ कोच मोहन घले लगायतका खेलाडिहरु लाई स्वागत एवम सम्मान गरिएको हो ।


प्रदेश नं ५ को राजधानी कपिलवस्तुमा हुनु पर्छ भन्ने माग उठिरहदा राष्ट्रिय खेलाडिबाट यो सन्देश राष्टिय तथा अन्तराष्टिय स्थरमा पुग्ने अपेक्षा समेत गरिएको छ । स्वागत एवम सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छबिलाल रेस्मी मगरले गौतमबुद्धले २९ बर्ष बिताएको कपिलवस्तु जिल्ला प्रदेश ५ को राजधानी बन्ने लायक भएको बताउदै यो सन्देश खेलाडिहरुले अन्तराष्टिय स्थर सम्म पुर्याउने बिश्वास व्यक्त गर्नुभयो । उँहाले गत मंसिर २५ गते सम्पन्न राष्ट्रिय भेलाबाट कपिलवस्तु जिल्ला उत्कृष्ट जिल्लामा परेको र मन्त्रालय बाट पाएको अवार्डले थप उर्जा मिलेको बताउनु भयो ।

अध्यक्ष रेस्मी मगरले यहि बैशाख ४ गते कपिलवस्तुको बुद्ध रंगशालामा हुने राष्ट्रिय महिला खेलकुदका बारेमा जानकारी गराउदै सहभागिताको लागि अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा बिभिन्न संचार क्षेत्रमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । त्यस्तै जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुले चैत २७ गते देखि २९ गतेसम्म राष्टिय कुस्ति प्रतियोगिता पनि सम्पन्न गरेको छ ।