टिकौली जङ्गलमा गुडिरहेको बसमा आगोलागेपछि…

 

चितवन २ बैशाख । पूर्व पश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जङ्गलमा आज राती गुडीरहेको बसमा आगलागी भएको छ ।

भरतपुरमा मर्मत गरेर टाँडी तर्फ जाँदै गरेको ना ५ ख ३३६८ नम्बरको बसमा राति पौने ९ बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
चालक र सह चालक बाहेक बसमा कोही नभएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बस जलेर आशिक क्षति पुगेको छ । वसमा लागेको आगो भरतपुर महानगरको दमकल पुगेर निभाएको प्रहरीले जनाएको छ ।