षडयन्त्रका बाबजुद पार्टी एकता टुंगो लगायौंः प्रचण्ड

काठमाण्डौं, ०९ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय स्तरमा रक्षात्मक स्थितिमा रहेको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले आक्रामक ढंगले अगाडि बढाइरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्टहरु बैचारिक, राजनीतकि र सांगठनिक रुपमा आक्रामक ढंगले अघि बढी रहेको बताए ।
सत्तारुढ नेकपा कम्युनिष्ट आन्दोलनको आक्रामक मोर्चाका रुपमा रहेको प्रचण्डको भनाइ थियो । नेपालको कम्युनिष्ट पार्टीलाई अन्तराष्ट्रिय समुदायले सकारात्मक ढंगबाट हेरिरहेको उनको दाबी थियो । ‘‘यो पार्टीप्रति संसार भरीका न्यायप्रेमी जनसमुदाय, मुख्यतः श्रमजिवी र संसारभरीका कम्युनिष्टहरुको सकारात्मक ढंगले नेपालको नयाँ पहल कदमी प्रति गहिरो गरी अवलोकन गरेको स्थिति छ,’’ प्रचण्डले भने ।
उनले नेपालभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अनेक प्रकारका षडयन्त्र बुनिरहेका पनि आरोप लगाए । उनले नेकपाका काँधमा राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता सुदृढ गरेर जनताको अपेक्षालाई समबोधन गर्ने र सामाजिक न्यायसहित समाजवादको आधार निर्माण गर्ने तथा समाजवादको दिशातर्फ नेपाली समाजलाई डो¥याउने राष्ट्रिय जिम्मेवारी रहेको पनि जिकिर गरे ।