विप्लवका ४ कार्यकर्ता धरौटीमा छुट्दै

चितवन, ०९ बैशाख । सरकारले प्रतिबन्ध लगाएसंगै पक्राउ परेका चितवनका विप्लव नेतृत्वको नेकपाका ४ कार्यकर्ता आज जिल्ला प्रहरी कार्यालय चितवनबाट रिहा हुदैछन् । रिहा हुनेहरुमा सप्तगण्डकी क्याम्पसका मित्र केशी, जयवहादुर कुवर, बद्री अधिकारी र सुमन श्रेष्ठ रहेका स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक हाजिर हुनेगरी जनही रु ५र५ हजारमा उनीहरु धरौटीमा रिहा हुन लागेका हुन् । मित्र केशी र जयवहादुर कुवर यहि चैत्र ११ गते पक्राउ परेका थिए भने बद्री अधिकारी र सुमन श्रेष्ठ चैत्र १२ र १३ गते पक्राउ परेका थिए । सरकारले विप्लव नेतृत्वको कार्यकर्ताहरुलाई पक्राउ आदेश जारी गरेसंगै जिल्ला भित्र र बाहिर गरी १०० भन्दा बढी कार्यकर्ता पक्राउ परिसकेका छन् । पक्राउ परेसंगै विप्लवका कार्यकर्ताहरुले धमाधम राजीनामा दिन थालेका छन् ।