बृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाण्डौं, ०९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताए । उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे । ‘गत बर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौ । अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउँबाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ’ प्रधानमन्त्रीको भनाई थियो ।