साहित्यकार पारिजातलाइ सम्झदै प्रगतिशील लेखक संघ

जिवन रानाभाट
चितवन, बैशाख १६ । प्रगतिशील लेखक संघ चितवनको आयोजनामा माडी बहुमुखी क्याम्पस बसन्तपुरको सभाहलमा २६ औ पारिजात स्मृति दिवसको अवसरमा आयोजित एकल कविता बाचन साझ सम्पन्न भएको छ ।
कवि पुर्षोत्तम आचार्यले रचना गर्नुभएका आफ्ना रचनाहरुलाई कार्यक्रममा राखिएको थियो । त्यसअघि उद्घाटन समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले साहित्यिक कार्यक्रमले आफुलाई आनन्दित बनाउने गरेको बताउदै साहित्यिक रचना गर्ने सर्जकहरुलाई माडी नगरपालिकाले सधै सम्मान गर्ने बताउनुभयो ।
“माडी नगरपालिकाले साहित्यकारलाइ सधै सम्मान गर्छस्ढकालले भन्नुभयोस्साहित्य क्षेत्रको श्रीबृद्दीमा आफ्नो व्यक्तिगत र नगरपालिकाले गर्नुपर्ने साथ र सहयोगमा कहिलै कमि आउन दिन्न ।
“त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथि बरिष्ट लोकदोहोरि गायिका हरिदेबी कोइरालाले आफ्ना केहि सांगेतिक प्रस्तुतिहरु राख्नु भएको थियो । त्यस्तै साहित्यकार डि.आर. पोख्रेलले पारिजातको साहित्यिक योगदानको चर्चा गर्दै उनका केहि कृतिका बिषयमा समेत समालोचना गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष तथा उक्त कार्यक्रममा सभाध्यक्ष बिपिन पाठकले पारिजात मात्र नभई नेपाली साहित्यलाइ यो उचाइ सम्म पुर्याउन भूमिका खेल्ने कुनैपनि साहित्यकार हरुलाई सम्झने सन्दर्भमा प्रगतिशील लेखक संघ सधै लागि रहने बताउनुभयो ।