मेयर रेनुको नयाँ एक्सन : सार्वजनिक जग्गा संरक्षणमा अभियान तीव्रता, एकैदिन १० कठ्ठा संरक्षण

 

चितवन, २३ बैशाख । मुलुकभर सार्वजनिक जग्गाको खोजी भईरहदाँ चितवनको भरतपुर महानगरपालिका पनि सार्वजनिक जग्गाको खोजी तथा संरक्षण तीव्र पारिएको छ ।

मेयर रेनु दाहालको अगुवामा महानगरमा सार्वजनिक जग्गा खोजी तथा संरक्षणका लागि विगत एक बर्षदेखि जारी अभियान तीव्र रुपमा अगाडी बढाईएको हो ।
सोही अभियान अन्र्तगत आज महानगरपालिका वडा नम्बर २ मा पुङगी खोलासंगै जोडिएको ६ कठ्ठा १० धुर जग्गा संरक्षण गरिएको छ । स्थानिय भिमलाल प्रधानले २०३५ सालदेखि भोगचलन गर्दै जग्गा सार्वजनिक भएको पत्ता लागेपछि प्रधानले नै सार्वजनिक जग्गा महानगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

एक कार्यक्रमका विच मेयर रेनु दाहाल, प्रवक्ता एवं समितिक संयोजक अरुण पिडित भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन समितिका प्रतिनिधि ,पत्रकारसहितको रोहबरमा जग्गा महानगरलाई दिईएको थियो ।

यसैविच आज नै भरतपुरकै वडा नम्बर १२ मा संरक्षित ४ कठ्ठा जग्गामा बोर्ड गाडिएको छ । यसअघि महानगरपालिकाले सयौं बिगाहा सार्वजनिक जग्गा महानगर मातहत ल्याएको छ ।

सो अवसरमा बोल्दै मेयर रेनु दाहालले आफुहरुले स्थानिय सरकार संचालन ऐनमा सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार अनुसार नै महानगर भित्रका सार्वजनिक जग्गा संरक्षणमा जुटेको बताइन् । यसरी महानगर मातहत ल्याईएका जग्गाको उचि संरक्षण हुने बताईन्
मेयर रेनु दाहाललले महानगरभित्रका सार्वजनिक जग्गा संरक्षण वर्षको रुपमा घोषणा गरेको र त्यसको काम भैरहेको बताईन् ।

समितिका संयोजक अरुण पिडित भण्डारीका अनुसार यतिवेला समितिले महानगरको हरेक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको अवस्थाका बारेमा रेर्कड राख्ने काम भईरहेको बताए ।

सो समयमा भरतपुर महानगरपालिकाको सार्वजानिक जमिन संरक्षण समितिको संयोजकमा प्रवक्ता अरुणपीडित भण्डारीलाई चयन गरिएको थियो । भने मेयर रेनुले भण्डारीको संयोजकत्वम ११ सदस्यीय कमिटि नै बनाईएकी थिईन् ।
सोेही अभियान अन्र्तगत भरतपुर क्षेत्रमा सार्वजनिक जग्गा खोजी गर्दै यसको संरक्षण गर्दै आर्ईको छ ।

महानगरको सार्वजनिक जग्गा संरक्षण तथा सदुपयोग समितिले गत मंसिर २४ गते भरतपुर–४ र ५ को सिमानामा रहेको झण्डै ८ कठ्ठा जमिन आफ्नो मातहतमा ल्याएको थियो । जस अन्तरगत भरतपुर–५ को ५ कठ्ठा ३ धुर र वडा नम्वर ४ को ३ कठ्ठा रहेको छ ।
महानगरको एक टोलीले भरतपुर–४ को नवदुर्गाचोकदेखि ३ सय मिटर दक्षिण तर्फ मुल नहरको छेउमा रहेको बुढाथोकी घोलमा आफ्नो बोर्ड राखेर महानगरको मातहतमा ल्याएको थियो । यसअघि महानगरले भरतपुर–१० मा रहेको सार्वजनिक जमिन पनि आफ्नो मातहतमा ल्याएको थियो ।