देवघाटमा निर्माण गरिएको १६ वटा कुटी आश्रमलाई हस्तान्तरण

चितवन, २४ बैशाख । २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण देवघाट क्षेत्रमा भत्किएका ५२ वटा कुटीहरुमध्ये १६ वटा कुटी पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) चितवन मार्फत २०७५ पुष १३ गते सम्झौता भएर करिब एक करोड १० लाख रुपैयाँको लागतमा १६ वटा कुटी निर्माण सम्पन्न भएका थिए । भान्छासहितका दुई वटा कोठा तथा शौचालय हुने गरी निर्माण गरिएको भवन निर्माणका लागि इकाईले प्रति भवन पाँच लाख ५० हजार रुपैयाँ अनुदान दिएको इकाइका इन्जिनियर सुवास न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार गलेश्वर आश्रमले उपभोक्ता समिति बनाएर सो भवनको निर्माण सम्पन्न गरिएको हो ।
सम्झौता अनुसार १६ वटा भवनहरु बैशाख ३० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । निर्धारित समय भन्दा केही दिन अगाडि नै निर्माण सम्पन्न गरी आज ती भवनहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गरेका छन् । देवघाट क्षेत्रमा एकीकृत पद्धतीमा निर्माण गरिएका कुटीहरु आकर्षक रहेको श्रेष्ठले प्रतिकृया दिए ।
५२ कुटी मध्ये १६ वटा कुटी मात्रै निर्माण गरिएकाले बाँकी कुटी निर्माणका लागि समेत आफूले प्राधिकरणमा कुरा पु¥याउने श्रेष्ठले बताए । देशकै केन्द्र बिन्दुमा रहेको देवघाट क्षेत्रमा धार्मिक प्रयोजनका लागि ज्येष्ठ नागरिकहरु आउने गरेकाले तिनीहरुका लागि समेत सरकारले केही सोच्नुपर्ने श्रेष्ठको भनाइ छ । विनाशकारी भूकम्पका कारण भत्किएका संरचनाहरु ५० प्रतिशत निर्माण सम्पन्न भएपनि अधिकांश निर्माणका क्रममा रहेका श्रेष्ठले बताए ।
निर्माणका चरणमा रहेका भौतिक संरचनाहरु एक दुई वर्ष भित्रमा नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको श्रेष्ठले बताए । सो कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीले देवघाट क्षेत्रमा दुई सय ५४ वटा कुटीहरु रहेकाले सबैलाई एउटै प्रकारको बनाएर देवघाटको विशेषता झल्काउनुपर्नेमा जोड दिए । धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रुपमा देवघाट रहेकाले यहाँ आउने हरेक नागरिकले देवघाटका बारेमा खुलेर प्रसंशा गर्नसक्ने गरी उनीहरुको मन लोभ्याउने खालका कामहरु गर्नुपर्ने गिरीको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ८८ लाख रुपैयाँ र गलेश्वर आश्रमबाट २२ लाख रुपैयाँको लागतमा ती कुटीहरु निर्माण गरिएका हुन् । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर राना, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेन घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
यसैबीच, सो कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले समेत गलेश्वर आश्रमलाई नौ थान सिसि क्यामेरा प्रदान गरिएको छ । शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरीका अनुसार कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठ मार्फत गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरीलाई सो सिसि क्यामेरा हस्तान्तरण गरिएको छ । नौ थान सिसि क्यामेरा सहित त्यसमा लाग्ने सम्पूर्ण उपकरणहरु आश्रमलाई प्रदान गरिएको चौधरीले बताए ।
महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न सामाजिक कामहरु गर्दै आएको चौधरीको भनाइ छ । सोही अनुसार नै अक्षय तृतीयाको दिन पारेर गलेश्वर आश्रमलाई सिसि क्यामेरा हस्तान्तरण गरिएको चौधरीले बताए । देवघाटमा निर्माण गरिएका कुटीहरु हस्तान्तरण

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न सामाजिक कामहरु गर्दै आएको चौधरीको भनाइ छ । सोही अनुसार नै अक्षय तृतीयाको दिन पारेर गलेश्वर आश्रमलाई सिसि क्यामेरा हस्तान्तरण गरिएको चौधरीले बताए ।