अध्यक्ष प्रचण्डको आज विवाह हुँदै

काठमाडौं, २६ बैशाख ।पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पुनः विवाह गर्दैहुनुहन्छ ।

पूर्व प्रधानमन्त्री प्रचण्डले आज पत्नी सीता दाहालसँग पुनः विवाह गर्नलाग्नु भएको हो । पत्नी सीतासँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले उहाँसँग पुनः विवाह गर्न लाग्नुहुने भएको हो ।

प्रचण्डको विवाह प्रचण्ड निवास नजिकै कार्यक्रमको आयोजना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको विवाह समाराेहमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।