दुर्घटना न्यूनीकरणका लागि वृहत सचेतना र्याली (फोटो फिचर)

चितवन, २६ बैशाख । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह मनाउने सन्दर्भमा चितवनमा वृहत सचेतना र्याली निकालिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा आज बिहान नारायणगढको पुलचोकबाट निकालिएको ¥याली सहरका विभिन्न भाग हुँदै भरतपुरको गेष्ट हाउस चौर पुगेको थियो । सचेतना ¥यालीमा तीन वटै सुरक्षा निकायका कर्मचारी, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सडक दुर्घटनाका कारण मानिसहरुले अकालमा नै ज्यान गुमाउने गरेकाले ट्राफिक नियम पालना गर्नुपर्ने बताए । ट्राफिक नियमको पालना गरेको अवस्थामा मात्रै पनि दुर्घटनाको दर आधा भन्दा बढी कम हुने जिल्ला प्रहरी कार्यालय चितनवनका प्रमुख सुशीलसिंह राठौरले बताए । विभिन्न जनचेतनामूलक कार्यक्रमसहित आगामी बैशाख २९ गतेसम्म चितवनमा सडक सुरक्षा सप्ताह मनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले बताए ।