प्रहरी हिरासतमै यूवक झुण्डिएपछि रत्ननगर तनावग्रस्त (भिडियो सहित)

चितवन ,२६ वैशाख । चितवन स्थित ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

 

 

 

 

कालिका नगरपालिका वडा नं १ का २४ बर्षिय समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरी तोडफोडमा उत्रिएका ४० जना र २४ ओटा मोटरसाईकललायृ प्रहरीले नियन्त्रण्मा लिएको छ ।
घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।