नेपाल हिरो अफ ट्यालेन्ट’ शो को अडिशन पोखरामा हुँदै

पोखरा , २७ वैशाख ।

‘नेपाल हिरो अफ ट्यालेन्ट’ शो को पोखरा अडिशन हुने भएको छ । वैशाख २७ र २८ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने अडिशन शोमा प्रतिस्पर्धीले आफूमा भएको गायन, नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।

एञ्जल मिडिया प्रालिले आयोजना गर्न लागेको ‘नेपाल हिरो अफ ट्यालेन्ट’ शोमा जुन सुकै उमेर समूका व्यक्ति सहभागी हुन सक्ने छन् ।

चैत २५ गते झापाबाट सुरु भएको अडिसन नेपालगञ्ज हुँदै पोखरा प्रवेश गरेको हो । काठमाडौमा जेठ ५, ६ र ७ गते, धादिङवेसी वैशाख ३१ र जेठ १ गते, दाङमा वैशाख २५, बुटवल जेठ १६ र १७, धनगढी जेठ २२, धनगढी जेठ २५ गते हुनेछ ।
अडिसनमा महिला र पुरुष दुबैले सहभागी हुन पाउने छन् । सुरुमा निर्णायकले निर्णय गर्नेछन् भने टप–२०बाट भोटिङ सुरु हुनेछ । शोमा निर्णायकका रुपमा आनन्द कार्की, ओमप्रकाश राई र एलिना बास्कोटा रहने छन् ।