असुरक्षित बन्दै देवघाट, चोरको विगविगी ,

चितवन,२७ वैशाख ।

घटना–१ ,

घटना मातातीर्थ औँसीको … एक जेष्ठ नागरिक महिला मातातीर्थ स्नानका लागि पवित्र देवघाटधाम गइन् । कालीगण्डकी र बूढीगण्डकीको सङ्गममा स्नान गरेमा पितृको उद्धार हुनुका साथै आफूले गरेका ज्ञात–अज्ञात पाप नासिने विश्वासका साथ स्नान गर्न आफ्ना लगाइराखेका कपडा, पैसा अनि सिक्री फुकालेर पोको पारी झोलामा राखी उनी डुबुल्की मार्न गइन् ।

स्नान सकेर फर्किँदा सबैथोक गायब । उनले निकैबेर सामान खोजिन्, हारगुहार गरिन् , न त कसैले उनको समान फिर्ता नै दियो, न त उनले आफ्नो सामान नै भेट्टाइन् । त्यसैबखत एकजना मनकामना जाने आफन्ती तीर्थयात्री भेट भएछन् तिनैले भाडा राखिदिएपछि उनी घर फर्किए ।

घटना–२

देवघाटको झोलुगे पुल सकिए संगै दाईने तर्फ रहेको मन्दिरमा भरतपुरका एक जोडी ग्र्रह शान्ती गर्नका पुगे । त्यहाँ ग्रह शान्तीका लागि आवश्यक पर्ने सबै सामान त्यहीका पुजारीले व्यवस्था गरिदिए । केही समय बसेपछि मन्दिरका पुजारीले ति जोडीलाई चोखो भएर आउनका लागि धारामा जान भने । एक जना महिलाको पछी लागेर ति जोडी धारा तर्फ लागे । मन्दिर सुनसान थियो । अन्य भक्क्तजनहरुरु मन्दिरमा नभएका कारण ति दम्पतीले आफ्नो झोला काहाँ राख्ने भनेर पुजारीलाई सोधे पुजारीले मन्दिर वरपर प्रशस्त बादर आउने हुदाँ र सुरक्षित पनि हुने भन्दै मन्दिर भित्र आफैले लगेर राखीदिने भने । उनी आफैले लगेर राखे र पछि लागेर उनी पनि गए । हात खुट्टा धोएर आउदा झोला गायव ।

घटना–३

जिल्ला प्रहरी कार्यालय चितवनले केही समय अगाडी महिलाहरुलाई लठ्याउने र उनीहरुको साथमा रहेको गरगहना लुट्ने गिरोह समात्यो । अुसन्धान गदै जाँदा उनीहरु देवघाटमा कोठा लिएर बस्ने र त्यहाँ बाट अमिलो बेच्ने बहाना बनाएर गाँउ गाँउमा चोरी गर्ने गिरोहमा लाग्ने गरेको प्रहरीको निष्कर्ष आयो । प्रहरलिे थप अनुसन्धान गर्दा धार्मिक क्षेत्रमा धेरै मान्छेहरु आवात जावत गर्ने र कोही कसैले पनि शंका नगर्ने हुदा एउटा सामान्य  कोठा तीन हजारसम्म भाडामा लिएर बसेको भेटियो ।

के देवघाट तीर्थयात्रीहरूका लागि सुरक्षित छ ?

यी त भए प्रतिनिधि घटना मात्र, तर पछिल्लो समय देवघाटमा चोरीका घटनाहरु बढ्दै गएको छ । नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, माघे संक्रान्ति, शिवरात्रि लगायतमा यहाँ ठुलो मेला लाग्ने गर्दछ । यस्ता मेला पर्वमा आउने भक्क्तजनहरु चोरीने लुटीने घटना पनि बढ्दै गएको स्थानियहरु बताउछन् ।

देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल केही समय यता केही घटना घटेको आफुले सुनेको भन्दै यसका लागि चितवन, तनँहु र नवलपुरका सुरक्षाकर्मीसंग छलफल गर्ने बताए ।

पौडेल स्थानियको घरको दैलो फोर्ने, खसी र बोका हराउने काम भैरहेको भन्दै अव आउँदा दिनमा घर भाडामा दिदा सबै परिचय खुल्ने गरी दिने र शंकास्पद व्यक्तिहरुलाई कोठा भाडामा दिन नहुने कुराको जानकारी स्थानिय स्तरमा आफुले जानकारी गराउने बताए ।

त्यसै गरी देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे धार्मीक क्षेत्र हुँदाहुँदै पनि विभिन्न सोच भएका मानिसहरु यहाँ आउने गरेको भन्दै उनले विशेष गरेर चाडपर्व र मेलाहरुमा सुरक्षा व्यवस्था कडा पारिने बताए ।

विसं २०५० मा स्थापित देवघाट क्षेत्र विकास समितिले तिर्थयात्रीको सुरक्षाको लागि ठाउँ ठाउमा सुरक्षा पोष्ट खडा गरे पनि त्यो संख्या पर्याप्त नभएको घिमिरेको भनाई छ । बृहत्तर विकासमार्फत देवघाटमा धार्मिक तथा अन्य पर्यटक भित्र्याउने योजनामा क्षेत्र बिकास समिति लागेको भन्दै निर्देशक घिमिरेले समितिको पहिलो प्राथमिकता शान्ती सुरक्षा रहेको बताए ।