बेगनासताल बृहत् सफाई अभियानको ५८ औं हप्ता शनिबार सम्पन्न (फोटो फिचर)

पोखरा, २८ वैशाख ।

बेगनासताल बृहत् सफाई अभियानको ५८ औं हप्ता शनिबार सम्पन्न भएको छ। व्युटिफुल वेगनासलाई आत्मसाथ गर्दै स्थानीय वेगनास युवा क्लवले हरेक हप्ता सफाई गर्दै आएको मुख्य अभियन्ता तथा वेगनास युवा क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिए।

Image may contain: one or more people and outdoor

 

अभियानको ५८ औ हप्ताको कार्यक्रममा क्लव भवन देखि शुरु भएर मन्धरेपार्क, तालको छेउ, ड्यामसाईड,पर्यटन मार्ग, नहरचोक, वसपार्क हुँदै क्लव भवन सम्म सफाई गरिएको हो। सरसफाई अभियानको क्रममा अघिल्लो हप्ता पोखरा बृहत् सफाई अभियान संग साझेदारी गरेको थियो।

Image may contain: sky, outdoor, nature and water

पर्यटकीय केन्द्र वेगनासताल क्षेत्रमा फोहोर फाले बापत रु ५ सय देखि ५ हजार सम्म जरिवाना लेखिएका बोर्ड वडाले राखे पनि उचित निरीक्षण र समन्वयको अभावले कारवाही बोर्डमा मात्र सिमित देखिन्छ। फोहोर गर्नेले फोहोर गर्दै जाने र उठाउनेले निरन्तर उठाउदै जाने हो भने यस्ता खाले सफाईका हजारौं हप्ता पनि निरर्थक वन्नेछ्न्।

अभियानको ५८ औं हप्ताको अवसर पारेर क्लवलाई फुटबल तथा ग्लोभ्स सहयोग गरेका वेगनास युवा क्लवका पुर्व सदस्य सतिश कार्कीलाई सम्मान गरिएको थियो। त्यस्तै भारतको वेङलुरु क्लवमा आवद्ध फुटबल खेलाडी निशु कुमार र सफाईमा सहयोग गर्ने अमेरिकन नागरिक टेलोर ह्यामर लाई खादा लगाएर सम्मान गरिएको थियो।

Image may contain: 5 people, people standing, child and outdoor

Image may contain: 4 people, people standing, child and outdoor

Image may contain: 12 people, people smiling, people standing and outdoor

Image may contain: 10 people, outdoor

Image may contain: 8 people, people smiling, people standing and outdoor