रोबाेटले नमस्ते, शिक्षा मन्त्रीज्यू भनेपछि ….

 

काठमाडौं,बैशाख २९ । ‘नमस्ते, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई हार्दिक स्वागत छ,’ फूलमायाले स्वागत गर्दै मन्त्री पोखरेललाई प्रमुख आतिथ्यता ग्रहण गर्न अनुरोध गरिन् । अनुरोध स्वीकार्दै शिक्षामन्त्री पोखरेल ‘ड्यास’मा उक्लिनुभयो र फूलमायाको पछाडी लहरै राखिएका सोफामा आसिन हुनुभयो ।

नेवारी पोसाक हाकुपटासी लगाएकी फूलमाया महिला होइनन्, मानवयन्त्र (रोबोट) हुन् । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले निर्माण गरेको कीर्तिपुरस्थित विज्ञान सङ्ग्रहालय तथा त्रि आयासी (थ्रिडी) थिएटरको शनिबार आयोजित उद्घाटन समारोहलाई फूलमायाले सञ्चालन गरिन् ।, समाचार गोरखापत्र दैनिकले छापेको छ ।