‘यौन हड्ताल’मा उत्रिन हलिउड अभिनेत्रीको आह्वान

वासिंटन २९ बैशाख । हलिउड अभिनेत्री तथा मिटु अभियान्ता अलिसा मिलानोले जर्जिया राज्य (अमेरिका) को गर्भपतनसम्बन्धी नयाँ कानुनविरुद्ध ‘यौन हड्ताल’मा उत्रिन महिलाहरुलाई आह्वान गरेकी छिन्।

जर्जियाले केही समयअघि मात्रै गर्भपतन नियन्त्रणमुखी कानुन निर्माण गरेको छ। ‘महिलाहरुले आफ्नो शरीरमाथि कानुनी नियन्त्रण नपाएसम्म हामीले गर्भवती हुने जोखिम उठाउनु हुन्न,’ मिलानोले सामाजिक सञ्जाल ट्विटरबाट भनेकी छिन्।

मिलानोको ट्विटको विषय सामाजिक सञ्जाल तरंगित बनेको छ। केहीले उनको पक्ष लिएका छन्। कतिपय उनको विपक्षमा देखिएका छन्।

अमेरिकामा ह्यास ट्याग सेक्सस्ट्राइक ट्रेडिङ गरिरहेको छ। हर्टविट नाम दिइएको सो कानुनलाई गभर्नर ब्रन केम्पले मंगलबार हस्ताक्षर गरेका थिए। आउँदो जनवरी १ देखि सो कार्यान्वयनमा आउनेछ। सो कानुनले ५ साताभन्दा बढीको भ्रुण गर्भपतन गराउन बन्देज गरेको छ। ६ सातामा भ्रुणको धड्कन शुरु हुन्छ। अधिकांश महिलालाई ६ सातासम्म उनीहरु गर्भवती भएको समेत पत्तो नहुने भन्दै अमेरिकामा सो कानुनको बिरोध भइरहेको छ।

सो कानुनविरुद्धमा अदातलमा मुद्दा पर्ने अनुमान गरिएको छ। यसअघि अमेरिकाको अर्को राज्य केन्टुकीमा समेत यस्तै कानुनमाथि अदालतले रोक लगाएको थियो। तत्काल कार्यान्वयनमा आउने गरी तयार परिएको सो कानुनलाई अदालतले गैर संवैधानिक भन्दै रोक लगाएको थियो। मिसिसिपी राज्यले जुलाईदेखि कार्यान्वयनमा ल्याउन गरी तयार पारेको यस्तै कानुनमाथि अदालतमा मुद्दा परेको छ।

ओहायो राज्यमा पनि सन् २०१६ मा यस्तै कानुन निर्माण गरिएको थियो तर सो कानूनविरुद्ध गभर्नरले भिटो प्रयोग गरेका थिए। मिलिनोले ट्विट यो समाचार तयार पर्दासम्म १३ हजार पटक रिट्वट र ३५ हजार लाइक प्राप्त गरेको छ।

Alyssa Milano

@Alyssa_Milano

Our reproductive rights are being erased.

Until women have legal control over our own bodies we just cannot risk pregnancy.

JOIN ME by not having sex until we get bodily autonomy back.

I’m calling for a . Pass it on.

52.1K people are talking about this