पत्रकार किरणको अमेरिकामा ‘हु इज हु इन द यूएसए’ पुस्तक  विमोचन हुँदै

अमेरिका, २९ बैशाख । अमेरिकामा रहेका नेपालीको कथा समेटिएको ‘हु इज हु इन द यूएसए’ नामक पुस्तक आज अमेरिकामा सार्वजनिक हुने भएको छ । विदेशी भूमिका रहेर टेलिभिजन पत्रकारितामा सक्रिय पत्रकार किरण मरहठ्ठाले लेखेको पुस्तक क्यालिफोर्निया स्टे्ट यूनिभर्सिटी, क्लालिफोर्नियाले सार्वजनिक गर्ने भएको हो । पुस्तक बिमोचन क्यालिफोर्निया स्टे्ट यूनिभर्सिटीको लङ बिचमा अपरान्ह ४बजेदेखि ६ बजेसम्म हुने बताइएको छ ।

पुस्तकमा अमेरिकामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका ४४ राज्यमा बसोबास गर्ने नेपालीको कथा समेटिएको छ । तीन सय ३२ पृष्ठको पुस्तक पाँच भागमा विभाजित भएको विमोचनअघि आयोजित समीक्षा बोल्दै मरहठ्ठाले जानकारी दिए । पुस्तक अनलाइन भर्सनमा पनि सार्वजनिक हुने लेखकको भनाइ छ ।

पुस्तक ६२ वटा प्रतिष्ठित विश्वविद्यालयले पुस्तकालयमा राख्ने भएका छन् । पत्रकार मरहठ्ठाले यस अघि ‘द होप’ र ‘मिडिया इन मास’ नामक दुई कृति प्रकाशन गरिसकेका छन् । पुस्तक ‘हु इज हु पब्लिकेशन’ ले प्रकाशन गरेको हो । यसको वितरण भने साग्रिला बुक अमेरिकाले गर्नेछ । पुस्तक नेपाली अमेरिकन डायस्पोरालाइ नजिकबाट नियाल्न उपयोगी हुने लेखक मरहट्ठाले बताए ।