नेपाली बालक तस्करीको आरोपमा कोरियन गायिका पक्राउ

काठमाडौं,बैशाख ३० । नेपाली बच्चा तस्करीको आरोपमा कोरियन गायिका पक्राउ परेकी छिन् । नेपाली बच्चालाई आफ्नो बच्चा भन्दै कोरिया लैजान लागेकी ४३ वर्षीय नारा किन पक्राउ परेकी हुन् ।

पोखरा बस्ने उक गरिब नेपालीदम्पतीको १४ महिनाको बच्चालाई उनले आफ्नो बच्चा भन्दै कोरिया लैजाने प्रयास गरेकी थिइन् । कोरियाको पासपोर्ट बनाएर भिसाका लागि अध्यागमन विभाग पुगेपछि तस्करीको रहस्य खुलेको हो । नयाँ पत्रिकामा समाचार छ ।