जानकी नवमी,आज सार्वजनिक विदा

 

काठमाडौं, बैशाख ३० ।  जनकपुरमा आज धुमधामकासाथ जानकी नवमी पर्व मनाइँदैछ। मिथिलाको भुमिमा राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ।

जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महोत्सवको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

सीताको जन्मदेखि न्वारन सम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउने गरिन्छ।  जानकी मन्दिरले १५ दिने जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश–२ सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। वैशाख २२ ग