सिताराम कट्टेल (धुर्मुश) वे ग्रुपको सरसफाईमा (फोटोफिचर)

चितवन,३० बैशाख । देशकै केन्द्र बिन्दु मानिने नारायणगढ लायन्सचोकमा मानिसहरुको अत्यधिक भिडभाडको कारण पनि फोहोरको समस्या निकै देखिदै आएको छ । स्थानीयहरुका अनुसार प्राय मानीसहरु खानेकुरा खाईसकेपछि निष्फिक्रि फाल्ने गर्छन् । लायन्सचोक हुदै बग्ने खोला पनि फोहोरले भरीएर दुर्गन्धित हुन पुगेको छ । लायन्सचोक वरीपरी आबश्यक डष्टबिनहरु पनि नभएको र भएका पनि चोरी हुने गरेको उनीहरुको गुनासो छ ।

बिगत ३ बर्ष देखि सरसफाईको क्षेत्रमा क्रियाशिल संस्था वे ग्रुपले लायन्सचोक एरीयामा पटक पटक गरी सरसफाई गर्दै जनचेतना जगाउदै आएको छ । उधोग बाणिज्य संघ चितवन र प्राईम फाईनान्सको सहयोगमा बजार एरीया भरी लगभग २०० डष्टबिनहरु पनि राखीएको थियो ।करीब ६ महिना अघि राखीएका डष्टबिन अहिले २-४ वटा बाहेक भेट्न गार्हो भएको वे ग्रुपका अभियन्ता चिरन पौडेलले दुखेसो पोखे।

मानिसहरुमा चेतना नभएको होईन कि जे गरे पनि हुन्छ भन्ने मानसिकताले काम गरेकोले यो अबस्था आएको बताउछन् अर्का सरसफाई अभियन्ता प्रमोद शर्मा । कहिले काहित सरसफाई गर्दै गरेको अवस्थामा हाम्रै अगाडि फालिदिन्छन्, त्यसतालाई देख्दा दिक्क लागेर आउछ भन्दै महानगरले फोहोरी बिरुद्द कडा कदम नचालेसम्म अवस्था जस्ताको तस्तै रहने बताउदै सरसफाई अभियन्ता बाबुराम आचार्य आक्रोस पोख्छन् ।

वे ग्रुपले ‘हप्ताको एकदिन एकछिन समाजको लागी’ कार्यक्रम अन्तर्गत आज १५९ औं श्रृखलाको कार्यक्रम लायन्सचोक नारायणगढमा सम्पन्न गरेको छ ।

निर्माणाधिन गौतमबुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशालामा कामको शिलशिलामा आउदा वे ग्रुपको सरसफाई कार्यक्रममा सहभागी हुन आउनु भएका चर्चित हाष्य कलाकार सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुश), भरतपुर महानगरपालीका परीवार, नगर प्रहरी, स्थानीय टोल बिकास संस्थाहरु र स्थानीय व्यापारीहरुको कार्यक्रममा उल्येख्य सहभागीता थियो भने महानगरले ५ थान डष्टबिन लायन्सचोक एरीयामा राखेको छ ।

बिषेश गरी गुट्खाजन्य बस्तुहरु बाटो भरी धेरै भेटिने र सरसफाई र स्वास्थ्यलाई चुनौति भएको भन्दै सेवन नगरीदिनुहुन सरसफाई अभियन्ताहरु अनुरोध गर्छन् ।