इटा भट्टामा काम गर्ने युवती बलात्कार गरेको आरोपमा वडा सदस्य पकाउ

ओखलढुङ्गा, ३१ वैशाख । प्रहरीले बलात्कारको आरोप लागेर फरार हुँदै आएका वडा सदस्य पक्राउ गरेको छ ।युवती बलात्कार गरेको आरोपमा गत चैत्र ७ गतेदेखि फरार रहेका श्रेष्ठलाई जिल्लाको हर्कपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा सदस्य श्रेष्ठ इटा भट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको भन्दै गत चैत ९ गते उजुरी परेको थियो ।

घटनाका विषयमा छलफल गर्न सदरमुकाम आउँदै गर्दा बिच बाटोमा नै आरोपी श्रेष्ठ पक्राउ परेका हुन् ।

बलात्कारको आरोप लागेपछि श्रेष्ठ चैत ७ गतेदेखि सम्पर्कविहीन बन्दै आएका थिए । पीडितको उजुरी आएपछि सम्पर्कविहीन भएका पीडकको खोजी भइरहेको प्रहरीले जनाएको थियो ।