सौराहामा सञ्चारमन्त्रीको गर्जन् : प्रेसमा छाडातन्त्र मान्न सकिदैन्, विदेशी लगानी मिडिया हुदैन् (भिडियो)

राजेन्द्र आचार्य
चितवन, ३१ बैशाख । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्ँकोटाले नेपाल सरकारले प्रेसका नाममा छाडातन्त्र मान्न नसकिने बताएका छन् ।
“बहुत् आरामदायि ढगंले भन्दछौँ, स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम हुनेछैन् उनले भने प्रेसका नाममा छाडातन्त्र गर्ने कुरा मानिदैन् । स्वतन्त्र प्रेसको मुल्य होईन् । मानक हुदैन् ।”

 

पर्यटकीय नगरी सौराहामा फईबर टु द होम (एफटिटिएच) सेवाको सुरुवात गर्दै मन्त्री बास्कोटाले प्रेस नियन्त्रण भन्ने सरकारको शब्दवलीमा नै नभएको स्पष्ट समेत पारेका छन् ।
उनले विश्वको शक्तिशाली देश अमेरिकाले पनि मिडियामा छाडातन्त्र गरे १ करोड जरिवान, मुत्युदण्डसम्म दिएको उद्दाहरण हेर्न अनुरोध गर्दै समानुपातिक विज्ञापन निति र क्लिन फिड लाग्नु गर्न नदिने तत्वले यस्तो अपवाह फैलाएको तर्क गरे ।


“प्रेसका नाममा छाडातन्त्र मानिदैन्, प्रेस नियन्त्रण हाम्रो शब्दावलीमा छैन्, तर नियमन हुन्छ । नियमनले हामीलाई उत्तरदायि बनाउछ । हामीले भनेका छौँ तपाई आफै स्वनियमन गर्नुहोस् । ”
उनले अदालत भन्दा बाह्यबाट कुनै काम गर्न खोजीएको समेत बताए ।
“कुनै बझुीकन पछि लाग्दा पछि लज लाग्छ है मैले भन्देको छु उनले भने । अहिले जतसुकै विरोध गर्नुहोस् कानुन जब संसदमा छलफल हुन्छ, हामीले आर्थिकस्वतन्त्रताको कुरा गरेका छौँ । हामीले समानुपतिक विज्ञापनको कुरा गरेका छौँ । मिडिया मिडिया हुन्छ मोफल हुदैन् ।”
उनले मिडिायको पहुँच र प्रभाव एउटै भएका कारण ठुलो सानो भन्न नमिल्ने तर्क गर्दै सन्दैश एउटै भएपनि, लगानी मात्रै फरक हुने बताए ।
मिडियामा विदेशीलगानी मान्य छैन्
मिडियामा विदेशी लगानी गर्न नहुने कुरा स्पष्ट रुपमा राख्न नचाहेको बताएका छन् ।
“”के तपाईहरु चाहानु हुन्छ, विदेशी लागानी मिडियमा राख्न हुन्छ उनले प्रतिप्रश्न गर्दै भने । यो होटलमा गरे जस्तो लगानी हो, यो गाई फर्ममा गरे जस्तो लगानी हो । मिडिया, विचार निर्माणको प्रश्न हुन्छ, राष्ट्रियताको प्रश्न हुन्छ ? वेला वेलामा हामी झस्यागं हुन्छौँ । कुरा गछौँ फिजिकरण होला भनेर चिन्ता गछौँ ।”