पूर्व राजा ज्ञानेन्द्रले आफन्तासँग ‘गुड फ्राइडे’ मनाए (फोटो फिचर)

गत शुक्रबार (२८ बैशाख) पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राज परिवारका सदस्य तथा आफन्तासँग ‘गुड फ्राइडे’ मनाएका हुन्।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पूर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए। झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए।

सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिए।

साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच दरबारमार्ग पुगेका पूर्व राजा ज्ञानेन्द्रले ‘लाइभ म्युजिक’ को साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए।

सहभागी सबैले ‘किंग्स लाउन्ज’ मा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकहरुलाई धन्यवाद दिएको सो रेष्टुरेन्टले जानकारी दिएको छ।

रेष्टुरेन्टका अनुसार, लाउञ्जले मिलाएको सुरक्षा प्रबन्धको पूर्व राजा ज्ञानेन्द्रले तारिफ गरेका थिए। सो अवसरमा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाए।

शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले भव्य स्वागत तथा सम्मान प्रदान गरेको थियो। पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो।

पूर्व राजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगीतहरु प्रस्तुत गरेको बताइएको छ।