प्रदेश ३ को नाम गौरीशंकर राख्न सांसद खड्काद्धवारा नेकपामा प्रस्ताव

काठमाडौं,बैशाख ३१ । सत्तारुढ नेकपाका सांसद विशाल खड्काले प्रदेश ३ को नाम गौरीशंकर राख्न नेकपाको संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका छन्। उनले नामकरणका लागि ६ आधार पेश गरेका छन्।

सा‌ंसद खड्का प्रदेश ३ काे राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन समितिकाे संयाेजक पनि थिए। उनले प्रतिवेदन बुझाइ सकेका छन्। प्रतिवेदनले राजधानीका लागि पाँच स्थान पेश गरेकाेमा काभ्रे पहिलाे नम्बरमा रहेकाे छ। यति वेला प्रदेश ३ मा राजधानी र नामाकरणकाे विवाद उत्कर्षमा छ।

नेकपा नेतृत्वको प्रदेश सरकारले भने प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव लैजान सकेको छैन्। यस प्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसदहरुले सोमबारको प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए।