प्रदेश तीनको स्थायी राजधानी तोक्न कार्यविधि प्रस्ताव

हेटौँडा,३१ बैशाख । प्रदेश नंबर ३ को स्थायी राजधानीको विषयले आज प्रदेशसभामा औपचारिक प्रवेश पाएको छ । नेपाली कांग्रेसले राजधानीको विषयलाई प्रवेश नगराएसम्म बजेट अधिवेशन चल्न नदिनेगरि संसद अवरुद्धको कार्यक्रम सुरु गरेपछि आज प्रदेश नंबर ३ को सांसद बैठकमा यो विषयले औपचारिक प्रवेश पाएको हो ।ढेड वर्षको अवधिसम्मपनि राजधानीको विषयले औपचारिक प्रवेश नपाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसल हिजो सांसद अबरुद्ध गरेको थियो ।
आजको बैठकका नेकपा सांसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले कार्यविधि पेश गरे भने नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले उक्त कार्यविधि प्रस्तावको समर्थन गरेकि हुन् ।