डिएसपी डिएन ज्ञावालीका ११ महिना ११ काम (भिडियो)

 

चितवन, ०१ जेठ । पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँका प्रमुख एवंम् प्रहरी नायब उपरिक्षक (डिएसपी) दयानिधि ज्ञावालीको करिब १ बर्षमा सरुवा भएको छ ।

              
प्रमुख पर्यटकीय केन्द्र सौराहमा पर्ने ईलाका प्रहरी कार्यालय टाडीँमा कार्यरत डिएसपी ज्ञावालीले यहाँ ११ महिना ११ उत्कृष्ट काम गरेका छन् ।
उनले एक टोल एक घण्टा, अवैध उत्खनन (नदीजन्य पदार्थ) नियन्त्रण, लागु औषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवा तास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारी साधन चोरी, महिला हिंसा नियन्त्रण, रेप काण्ड, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउसहित विभिन्न कामहरुमा आफु र आफ्नो टिमबाट उत्कृष्ट कार्य प्रर्दशन गर्न सफल भएका थिए ।
नेपाल प्रहरीमा नै भिन्न शैलीका साथ आफ्नो शान्ति सुरक्षाका लागि उनी रातदिन नभनी कटिवद्ध रहेर काम गरेका थिए ।
लागुऔषधको अवैध कारोबार बढेका कारण यस क्षेत्रमा नै अपराधीक क्रियाकलाप बढ्नुका साथै नेपाल प्रहरीलाई नै ठुलो चुनौती थपिएको थियो ।
रत्ननगर टाडीँमा ११ महिनामा ज्ञावालीले विशेष अभियानका कारण झण्डैँ ८५ प्रतिशतमा रहेको लागुऔषधको कारोबार २० प्रतिशतमा झरेको तथ्याकंले देखाएको छ । भने मदिरा नियन्त्रण अभियानमा नेपाल प्रहरीमा एकैपटक १ लाख ७ हजार लिटर नष्ट गरि नयाँ रेर्कड कायम गरेका थिए ।
लागुऔषधसगैँ गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका डिएसपी ज्ञावालीले लागुऔधष नियन्त्रण र गुण्डागर्दी विरुद्ध भने निर्मम तवरले उत्रिएको देखिन्छ ।
फरार अभियुक्त पक्राउ लगायत यस क्षेत्रमा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता अनुसार नै विभिन्न कार्ययोजनाले उनले रत्ननगरमा राम्रै सफलता हासिल गरेका थिए ।
“म यहाँ आएदेखि नै विशेष रणनितिका साथ मसहित मेरो टिमले विशेष काम गरेका थियौँ उनले भने । लागु औषधको कारोबार, सेवन, ओसापोसार नियन्त्रणका लागि गृहमन्त्रालय, प्रहरीप्रधान कार्यालय र प्रदेश प्रहरीको कार्ययोजना अनुसार अघि बढेकै कारण ठुलो सफलता मिलेको हो । ”
यस्तै घरेलु हिंसा, बैकिङ्ग कसुर, गुडागर्दी, हप्ता असुली, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा समेत थप कठोर भएर प्रस्तुत भएकै कारण सफलता मिलेको हो ।
उनले अष्ट्रेलियमा जाने लागेको भनेर विहे गरेर नाटकीय रुपमा सपिङ्ग गर्ने भन्दै भागेर हिडेनेलाई पनि एकसातमा प्रविधिको मार्फत पक्राउ गर्न सफल भएका थिए ।
ट्राफिक व्यवस्थापन तर्फ अनियमितता, ओभर स्पीड कन्ट्रोल लगायतका विषयमा गम्भिर भएर लाग्ने उनको भनाई थियो । उनका केहि काम यस्ता थिए ।
एक टोल एक घण्टा


नेपाल प्रहरीमा नै फरक शैलीको एक टोल एक घण्टा अभियान उनले २०७५ साल फागुन २३ देखि २९ गतेसम्म सञ्चालन गरेका थिए । अपराधीक क्रियाकलापलाई पूर्ण रुपमा निस्तेज पार्दै गाउँमा प्रहरी र स्थानियहरुको सम्बन्ध बढाउन यो अभियान चलाएको बताए । सो क्रममा ६० जना प्रहरीहरु अप्रेशनमा खटिएका थिए । अभियानकै क्रममा अहिलेसम्मको सबैभन्दा धेरै १ लाख ७ हजार लिटर मदिरा नष्ट गरिएको थियो ।

 

डिएनका काममा सौराहा अनलाईनले प्रकाशन गरेका केहि सामाग्री

रत्ननगरमा आएर डिएसपी ज्ञवालीले भने, सूचना दिनुहोस् अपराधीक गतिविधि नियन्त्रणमा लिएरै छाड्छु

रत्ननगर टाँडीका डिएसपी दयानिधीको उद्घोष : दालाली नो ईन्ट्री

 

नदिजन्य पर्दाथ ओसार पसार गर्ने ८ ट्याक्टर चितवन प्रहरीको नियन्त्रणमा

चितवन प्रहरीद्धारा अहिले सम्मकै धेरै एक लाख सात हजार लिटर मदिरा नष्ट

चोरी तस्करी, गुण्डागर्दी नियन्त्रण, शान्त समाज निर्माण गर्ने मुख्य उद्देश्य : डिएसपी दयानिधि

डिएसपी ज्ञवालीको सफलता : सौराहामा हुन दिएनन् निर्मला काण्ड, साढे एक घण्टामै सफलता

चितवनमा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा, अपराध नियन्त्रणमा टाँडी प्रहरी सक्रिय : डिएसपी ज्ञवाली (भिडियो)

https://youtu.be/dYF8I3iZrXE

चितवनमा गोरु तस्कर गर्ने ४ ट्रक नियन्त्रणमा

रत्ननगरमा बृद्धले गरे बालिकालाई बलात्कार

चितवनकी किशोरी बलात्कार आरोपीलाई ३ बर्ष कैद

डिएसपी दयानिधि र व्यवसायी राजुले गरे विपन्न विद्यार्थीलाई सहयोग (भिडियो)

चितवनबाट हराएका भनिएका सुदिप तेह्रथुमको होटलमा भेटिए, अष्ट्रेलियाको भिसा र सबै डकुमेण्ट फेक : डिएसपी दयानिधि ज्ञवाली

कालिका मन्दिरमा चोरी गर्दा गर्दै एक व्यक्ति पक्राउ

पर्यटकीय नगरी सौराहालाई चौविसै घण्टा सुरक्षा

लागू पदार्थ ओसारपसारमा कडाई गर्नु पर्नेमा जोड

सिसै गाउँबाट ३ लाख नगदसहित १६ जुवाडे पक्राउ (नामावलीसहित)