गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तीव्र

आनन्द पोखरेल
चितवन, ०१ बैशाख । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र गतिमा अगाडि बढेको छ । नेपाललाई खेलकुद हबको रूपमा विकास गर्ने योजनाका साथ जनस्तरबाट रंगशाला निर्माणको काम अगाडि बढाइएको हो नमस्ते बिहानी साप्तहिकमा खबर छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा करिब २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन रंगशालाको लागत तीन अर्ब रुपैयाँ अनुमान गरिएको छ । २५ हजार दर्शक क्षमताको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रंगशाला निर्माणका लागि डीपीआरको कामसँगै अस्थायी संरचना निर्माणका कामहरु धमाधम भइरहेका धुर्मुस सुन्तली फउण्डेशनका पब्लिक रिलेसन अफिसर चन्द्रबहादुर खड्काले बताए नमस्ते बिहानी साप्तहिकमा खबर छ ।
खड्काकानुसार यति बेला रंगशाला निर्माण स्थलमा गोदाम घर, साइट अफिस, भ्यू टावर, मेडिकल टिम बस्ने घरलगायतका संरचना निर्माणको काम भइरहेको छ । यो सँगसँगै क्रिकेट मैदान वरिवरी वरिपरी दुबो उमार्ने काम समे भइरहेको खड्काले बताए । दैनिक रुपमा ४० देखि ५० जना कामदारले नियमित आठ घण्टाको दरमा काम गरिरहेका खड्काको भनाइ छ नमस्ते बिहानी साप्तहिकमा खबर छ ।
जनस्तरबाट निर्माण सुरु भएको रंगशाला समयमा नै सम्पन्न गर्नका लागि स्वयम्सेवक समेत परिचालन गरेर काम अगाडि बढाइने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए नमस्ते बिहानी साप्तहिकमा खबर छ। गत वर्षको माघ १८ गते भरतपुर महानगरपालिकासँग सम्झौता भएर अगाडि बढेको रंगशाला निर्माणका लागि विभिन्न देशमा रहेका नेपालीहरुबाट समेत सहयोग भइरहेको कट्टेलले बताए । महत्वकांक्षी योजना जस्तो देखिए पनि नागरिक तथा सरकार सबैको सहयोग मिलेको खण्डमा रंगशाला निर्माणमा ढिलाइ नहुने कट्टेलले जनाएका छन् नमस्ते बिहानी साप्तहिकमा खबर छ ।
रंगशाला निर्माणका लागि हाल १५ जना ईन्जिनीयरहरुले काम गरिरहेका छन् भने क्रिकेट मैदान (पिच)निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । ‘हामीले साउन मसान्तसम्ममा डिपीआर निर्माणदेखि अस्थायी संरचना निर्माणसम्मको सबै काम सक्ने गरी अगाडि बढेका छौँ’ कट्टेलले भने, –‘असारदेखि हामीले दुई सिफ्टमा काम गर्ने तयारी गरिरहेको अवस्थामा आर्थिक अभाव हुने हो कि भन्ने पिर लागेको छ ।’ हालसम्म करिब साढे ६ करोड रुपैयाँ मात्रै रकम घोषणा भएको उल्लेख गर्दै कट्टेलले जेठ मसान्तसम्म ३० करोड रुपैयाँ संलकन गरिसक्नुपर्ने बताए ।
पर्याप्त मात्रामा आर्थिक संकलन हुन सकेको खण्डमा रंगशाला निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट, रड, गिट्टी, बालुवालगायतका सामग्रीहरु थुपारेर राख्ने सकिने कट्टेलले बताए । अन्यत्र काममा शिलान्यास भएको एक वर्षसम्म यत्तिकै राख्ने गरिएको उल्लेख गर्दै कट्टेलले आफूहरुले रंगशाला शिलायान्स गरेको दुई वर्षभित्रमा सम्पूर्ण रंगशाला पुर्ण रुपमा निर्माण गर्ने लक्ष्य लिएको बताएनमस्ते बिहानी साप्तहिकमा खबर छ । मैदान बनाउनका लागि काठमाडौंका दुई स्थानबाट परीक्षण गरी माटो ल्याइएको छ भने तनहुँबाट पनि माटो ल्याउने तयारी भइरहेको कट्टेलले बताए ।
पहिलो चरणमा मैदान तयार गरी प्याराफिट र अन्य काम अघि बढाउने तयारी गरिएको छ । अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेलमैदान निर्माण गरिने कट्टेलले बताए । गुरुयोजना तयार गरी नक्सांकनको काम तीव्र गतिमा अघि बढाइएको कट्टेलको भनाइ छ नमस्ते बिहानी साप्तहिकमा खबर छ । वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अघि बढाइएको छ ।
क्रिकेटबाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताए । कट्टेलका अनुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्सांकनको काम भइरहेको छ । यसका लागि नेपालीसँगै विदेशी विज्ञहरुले पनि काम गरिरहेका छन् नमस्ते बिहानी साप्तहिकमा खबर छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान सुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम संकलन हुन थालेको बताए ।
चितवनमा जिल्ला, महानगर, नगर, गाउँपालिका र वडास्तरीय सँगै विभिन्न सरोकारवाला निकायको छुट्टाछुट्टै समिति निर्माण गरी आर्थिक संकलन अभियानलाई तीव्रता दिइने कट्टेलले बताए नमस्ते बिहानी साप्तहिकमा खबर छ । यससँगै सबै जिल्लामा समिति निर्माण गरी रंगशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने कट्टेलले बताए । नेपालको मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ ।
शान्त बग्ने नारायणी नदी र सुन्दर हिमालको समेत दृश्य हेर्न सकिने रंगशाला नेपालको पहिचानको रंगशाला बन्नेछ नमस्ते बिहानी साप्तहिकमा खबर छ। रंगशाला प्रवेशद्वारमै पाथिभरा, बुढासुब्बा, हलेसी, जनकपुरधाम, बडिमालिका, पशुपति, बौद्ध स्वयम्भुनाथ, विन्दबासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बीनीसहित सिंगो नेपालले स्वागत गरिरहेको हुनेछ । विश्वस्तरीय प्याराफिटमा बसेर खेल हेर्न सकिनेछ नमस्ते बिहानी साप्तहिकमा खबर छ । यो रंगशालामा चार वटा ढोका हुनेछ । १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ ।