चितवनको शैक्षिकसंस्थामा बिप्लवले कालो ब्यानर टाँग्यो

प्रनिश थापा

चितवन , ०१ जेठ । बिप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) चितवनले जिल्लाका निजी शैक्षिक संस्थाहरूमा विरोधस्वरूप कालो ब्यानर राखेको छ । विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको र शुल्क वृद्धि खारेजी माग गर्दै उक्त संगठनले चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत चितवनका शैक्षिक संस्थाहरुमा कालो ब्यानर राखेको हो । यसैबीच, अखिल (क्रान्तिकारी) ले जेठ ५ गते शैक्षिक हड्तालको घोषणा गरेको छ । संंगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष ढकालको रिहाइको लागी संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । भट्टले बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।