गोन्द्राङको ढाट हटाउन माग गर्दै सिडियोलाई ज्ञापनपत्र

चितवन ०१ जेठ । पूर्वी चितवनका व्यवसायीहरुले भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाट हटाउन माग गरेका छन । रत्ननगर उद्योग बाणिज्य संघले सो ढाट स्थानान्तरण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष राजाराम रेग्मीले प्रमुख जिल्ला अधिकारी बस्नेतलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । ज्ञावनपत्रमा सो ढाट पूर्व पश्चिम राजमार्गको नारायणगढको पुल्चोक वा राप्ती नगरपालिका लोथरको पुलमा ढांट राख्नुपर्ने,दैनिक प्रसासनिक, उपभोग्य सामान, औषधी उपचार, कृषिजन्य सामाग्री खरिद विक्री गर्न आवत जावत गर्दा शुल्क उठाउने कार्य बन्द गर्नुपर्ने, वन्यजन्तुको आवतजावत हुने ९कोरीडोर० क्षेत्रमा वन्यजन्तुलाई असर पुग्ने कार्य रोक्नु पर्ने लगायतका माग गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले बताए । माग पुरा नभए आन्दोलन गर्ने संघले जनाएको छ । जिल्लाको सदरमुकाम भरतपुरमा रहेको र दैनिक सेवा सुविधा वा अत्यावश्यक काम लिन भरतपुर जानुपर्ने हुँदा पूर्वी चितवन क्षेत्रमा बसोबास गर्ने नागरिकहरु दैनिक आफ्नो काममा सदरमुकाम जाँदा आउँदा गोन्द्राङ ढाँटमा सवारी कर बुझाउनु पर्दा एउटै जिल्लामा वेजिल्लावासी भएको महशुस भएको पत्रमा उल्लेख छ । सो ढाँटलाई जिल्लाको शुरु वा अन्तिम स्थानमा तत्काल स्थानान्तरण गर्न गर्नुपर्ने रेग्मीले बताए । माग पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एउटै जिल्ला भएर पनि ढाँटले दुई क्षेत्रमा विभाजन गरेको आफुले महसुस गरेको उल्लेख गर्दै सम्बन्धित निकायमा पत्र पुर्याई माग सम्बोधनमा पहल गर्ने बताए । टिकौलीमा बुधबारदेखि गंैटाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनको व्रिटानिक मौलाकालिका कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिले ठेक्का पाएको छ । अहिले पुरानै दस्तुरमा शुल्क उठाइएको भएपनि साउनदेखी नयाँ दस्तुर लिईनेछ । नयाँ दस्तुर अनुसार बस, मिनीबस, ट्रक, मिनी ट्रकले रु १००, कार जिप, पिकअप भ्यान र ट्याक्टरले रु ४०, तीन पाङ्ग्रे टेम्पो र मोटरसाईकलले १० रुपैयाँ तिर्नुपर्नेछ । माग पत्र बुझाउन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुराल, संघका अध्यक्ष रेग्मी, उपाध्यक्ष रघुनाथ भट्ट, कोषाध्यक्ष देवी प्रसाद डल्लाकोटी, सदस्यहरु उपेन्द्र आचार्य, जोगेन्द्र महतो, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतको टोली जिल्ला प्रशासन कार्यालय गएको थियो ।