चितवनमा ८ करोड लगानीमा होटल संचालन गर्दे , प्रदेश सांसद कृष्ण भुर्तेलले गरे शिलान्यास

लक्ष्मण गौतम

भरतपुर , १ जेठ । चितवनको भरतपुर हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुले होटल संचालनको प्रकृया अगाडी बढाएका छन । सहकारी संस्थामा आबद्ध रहेका करिब ८ सय शेयर सदस्यहरुले भरतपुर कृष्णपुर क्यान्सर हस्पिटल रोडमा एक बिगाहा क्षेत्रफलमा तारापुञ्ज रिर्सोट प्रा.ली नामको होटल संचालनमा ल्याउन लागेका हुन ।

यसै बिच आज एक कार्यक्रमका बिच रिर्सोटको शिलन्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी सहकारी संस्थाका सल्लाहाकार तथा प्रर्देश सांसद कृष्ण भुर्तेलले रिर्सोटको शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी बिभाग प्रमुख तथा वडा नं ७ का अध्यक्ष राजेन्द्रमणी कापले , वडा नं ८ का वडा अध्यक्ष दामोदर न्यौपाने , भरतपुर महानगरपालिकाका प्रबक्ता तथा वडा नं १० का अध्यक्ष अरुण पिडीत भण्डारी , नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय सदस्य शान्ति अधिकारी , जिल्ला बचत संघका संघका अध्यक्ष हरिश सुबेदी लगायतले शुभकामना दिनु भएको थियो । एक बिगाहा क्षेत्रफलमा निर्माण हुने रिर्सोटमा साना ठुला गरि ४ वटा आधुनिक हल , ब्यबस्थित रेष्टुरेन्ट , फूल बगैचा , चिल्ड्ेन पार्क लगायत करिब ५० जना ब्याक्तीहरुका लागी आबासको ब्यबस्थापन गर्न सकिने सहकारी संस्था तथा रिर्सोटका अध्यक्ष सुदिप रेग्मीले बताउनु भयो ।

कार्यक्रममा देश भरिका सहकारी संस्थाका प्रतिनिधीहरुको अबलोकन भ्रमण लाई अझ ब्यबस्थित बनाउन होटलमा चितबन र नबलपरासी जिल्लामा रहेका मुख्य प्रर्यटकिय क्षेत्रको श्रब्यदृष्य बाट जानकारी दिईने भएकाले आन्तरिक पर्यटकको संख्या समेत बृद्धी हुने रिर्सोटका प्रबन्ध निर्देशक श्रीराम देबकोटाले बताउनु भयो । सहकारी संस्थामा हाल करिब १ हजार २ सय शेयर सदस्य र करिब ३० करोड पुजी रहेको छ । रिसोर्ट आगामी मंसिर महिना भित्र संचालनमा आउने जनाईएको छ ।