पोखरीमा डुबेर एक महिलाको मृत्यु

 प्रनिश थापा

चितवन , ०१ जेठ । चितवनको माडीमा पोखरीमा डुबेर सोमबार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार माडी नगरपालिका वर्डा नम्बर ५ थरथरे स्थित ‘रानीदह’ पोखरीमा डुब्दा रमाईलो डाँडा बस्ने वर्ष ३५ की सुमित्रा दराईको मृत्यु भएको हो ।

पिकनिक खान पुगेकी दराइको पोखरीमा पौडी खेल्ने क्रममा दिउँसो अन्दाजी ४ बजे डुबेर मृत्यु चितवन प्रहरीले जनाएको छ । मृत्यु भएका दराइको शवलाई पोष्टमार्टका लागि भरतपुर अस्पतालमा ल्याईएको छ ।