संकटा क्लब भरतपुर गोल्डकपको फाईनलमा

भरतपुर, ०१ जेठ । घरेलु टोली चितवन ११ लाई पराजित गर्दै संकटा क्लब नारायणगढमा जारी ‘प्रथम भरतपुर गोल्डकप’ फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा बुधबार भएको पहिलो सेमीफाईनलमा चितवन ११ लाई टाइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटा फाईनलमा प्रवेश गरेको हो । टाइबेकरमा चितवनका खेलाडी जीवन गुरुङ र रञ्जित आले मगरको प्रहार संकटाका गोलरक्षक राजा बाबु थापाले उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि नजिक पु¥याए ।
यसअघि निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमले थुप्रै मौका पाए पनि गोल गर्न नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो । प्रतियोगिता अन्तरगत बिहीबार अन्तिम सेमीफाईनलमा विभागीग टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । एजे इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।