एकैजना ६१ जना यौनकर्मी पक्राउ, महिलाभन्दा पुरुष धेरै

 

काठमाण्डौं, जेठ १ । माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले सो एरियाबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय प्रहरी वृत बालजुका डिएसपी बालनरसिंह रानाले जानकारी दिए ।

केहीलाई बार्गेनिङ गरिरहेको अवस्थामा र केहीलाई होटलबाटै पक्राउ गरिएको उनले बताए ।