पोखरा स्पोर्टस अवार्डको जेठ अत्तिम साता हुने

पोखरा, ०३ जेठ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले टिभिएस अपाचे चौथौ पोखरा स्पोर्टस अवार्ड– २०७५ आयोजना गर्ने भएको छ । बतास ब्रर्दश प्रालिको मुख्य प्रायोजनमा अवार्ड आयोजना गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

अवार्ड खेल क्षेत्र संग सम्बिन्धित बिभिन्न आठ बिधामा प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताउनुभयो । “अवार्ड समृद्धिका लागि खेलकुद” भन्ने मुल मन्त्रका साथ आगामी जेठ २४ गते पोखरा सभागृहमा हुनेछ । अवार्डमा लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्राप्त गर्ने लाइ चाँदी जडित ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । बर्ष खेलाडी पुरुष र महिलाले क्रमश टिभिएस अपाचे मोटरसाइकल र बिगो स्कुटर प्राप्त गर्ने छन् । बर्ष उदयमा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पपुलर प्लेयर र उत्कृष्ट पत्रकारीता अवार्ड प्रात्त गर्ने लाइ १५ हजार ट्रफि र दोसल्ला र उत्कृष्ट खेल संस्था लाइ १० हजार र ट्रफि द्धारा सम्मान गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जानकारी दिएको छ ।

पहिलाको बर्ष झै यो बर्ष पनि हरेक बिधामा मनोनयनका लागि ३÷३ जना खेलाडी छनोट गरिने पनि आयोजकले जानकारी गराएको छ । अवार्ड सम्पन्न गर्नका लागि ११ वटा उपसमिती र मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सबै ५१ जना सदस्य रहेको मुल आयोजक समीती गठन गरिएको छ । अवार्ड सम्पन्न गर्न १६ लाख ७५ हजार खर्च लाग्ने पनि आयोकको अनुमान रहेको छ