पोखरा ठुलो रकमसगैँ ४ महिला जुवाडेसहित ६ पक्राउ

पोखरा ४ जेठ । पर्यटकीय नगरी पोखराको मासबारबाट ४ महिलासहित ६ जना जुवाडे पक्राउ परेका छन् । कास्की पोखरा महानगरपालिका बडा नं ७ मासबार स्थित डेरा गरी बस्ने बस्ने बर्ष ३५ को मुना गुरुङले अबैध रुपमा जुवातास खेली खेलाईरहेकोमा ६ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिए ।
भने पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं. ३ नदिपुर बस्ने बर्ष ५७ को पुर्ण बहादुर गुरुङ, जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं. ५ बस्ने बर्ष ३९ को ठाकुर गुरुङ, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ बस्ने बर्ष ३७ कि प्रेम कुमारी गुरुङ, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५ कि मिना पुन, जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं. ८ बस्ने बर्ष ४० कि संगिता गुरुङ र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ बस्ने बर्ष ३६ कि मुना गुरुङ रहेका छन् ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले तास खेलि खेलाईरहेको अबस्थामा ति व्यक्तिहरुलाई ३ बुक तास र नगद एक लाख बाउन्न हजार पाँच सय पचिस रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेकोसबैलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाईएको छ ।