मध्यराति गाउँपालिका अध्यक्षको घरमा बम बिस्फोट, एक जना घाईते

सप्तरी,४ जेठ । गाउँपालिकाका अध्यक्षको घरमा बम विस्फोट भएको छ ।  वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो । शुक्रबार राति घरमा बम विस्फोट हुँदा अध्यक्षका ६२ वर्षीय बुबा श्यामानन्द गोईत घाइते हुनुभएको छ । उहाँको शरीरमा समान्य चोट लागेको छ भने, घरायसी सामानमा ‌‌‌क्षति पुगेको छ ।

घरमा बम विस्फोट गराउने अज्ञात समूहको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।