खैरहनीमा डकर्मीलाई भुकम्प प्रतिरोधी तालिम

चितवन, ६ जेठ । खैरहनी नगरपालिकाले नगर भित्र रहेका डकर्मीहरुलाई भुकम्प प्रतिरोधी निर्माण सम्वन्धी तालिम दिएको छ । गेटवे इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौको प्राविधिक सहयोगमा नगरपालिकाले डकर्मीहरुलाई एक हप्ता सम्म तालिम दिएको हो । तालिमको समापन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले प्रतिस्पर्धा गरेर सस्तोमा भवन निर्माण नगर्न डकर्मीहरुलाई सुझाव दिए । मेयर चौधरीले शीप र ज्ञानलाई परिमार्जन गर्दै समय परिस्थिती अनुसार चलनु पर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले घर धनीले आफुले सक्ने अनुसार भवन वनाउने हुँदा सवै भवन भुकम्प प्रतिरोधी वनाउन डकर्मीहरुलाई आग्रह गरे । २५ जना डकर्मी तथा ठेकेदार सहभागी तालिममा इन्जिनियर नारायण आचार्यले भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धमा प्रशिक्षण दिएका थिए ।