नेविसंघ भलिबलको पुरस्कार काली बहादुर गण र चुलो रेष्टुरेन्टलाई बाढिने

चितवन, जेठ ७

पश्चिम चितवनको शिवनगरमा भएको खुल्ला भलिबल प्रतियोगीतामा चुलो रेष्टुरेन्ट र काली बहादुर गण संयुक्त रुपमा विजयी घोषणा भएका छन । भरतपुर १४ को नेपाल विद्यार्थी संघले आयोजना गरेको भलिबल प्रतियोगीताको फाईनल खेलमा विवाद भए पछि आयोजकले चुलो रेष्टुरेन्ट र काली बहादुर गणलाई  संयुक्त विजयी घोषण गर्दै पुरस्कार बाढिने भएको हो ।

गत शनिबार भएको फाईनल प्रतिस्पर्धामा काली बहादुरले २ सेट र चुल्होले १ सेट जित्दै गर्दा चौथो सेटको खेलको अन्तीम चरणमा दुबै टिमको २४÷२४ हुदा खेलाडिहरु विच विवाद हुदा खेल हुन सकेको थिएन र अन्त्यमा आयोजकले प्रकृयागत रुपमा प्रथम र दोस्रो पुरस्कार राशी एक आपसमा बाड्ने भएको हो । आयोजक नेविसंघ भरतपुर १४ का सभापति विजय मल्लका अनुसार प्रथमको ट्रफी र मेडल काली बहादुर गणले पाउने छ । तर नगदमा राखिएको प्रथम र द्दितिय पुरस्कार भने क्रमश ५५ हजार ५ सय ५५ रुपैया र ३१ हजार १ सय ११ रुपैया जोडेर ४३ हजार ३ सय ३३ रुपैको दरमा बढिने छ । मल्लका अनुसार १८ गते एक कार्यक्रमका विच यो पुरस्कार वितरण गरिनेछ । व्याम्बोलाई हराउदै चुलो र नेविसंघ भरतपुर १४ लाई पराजित गर्दै कालि बहादुर गण फाईनलमा प्रवेश गरेको थियो ।