साडे ७ फिट उचाई भएको यो हो विश्वकै सबैभन्दा अग्लो कुकुर , खान्छ लाखौँको खाना

तपाई हामीले देखेका कुकुरले १ वर्षमा कति पैसाको खान्की खाला रु इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेको कुकुरले १ वर्षमा १६ लाखको खानेकुरा खाएको छ । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ ।

फ्रेडी नामको उनको कुकुर विश्वकै अग्लो कुकुर अहिले इन्टरनेटमा धेरै सर्च गरिने कुकुरका रुपमा परिचित छ । मोडल क्लेरीका अनुसार फ्रेडीले आमकुकुरकोभन्दा कैयौँ गुणा धेरै खान्छ । उसले पिनट बटरदेखि कैयौँ कुखुरा एकसाथ खान्छ । घरका सदस्यमध्ये सबैभन्दा धेरै खान्की नै उसैलाई चाहिन्छ ।