कास्कीमा ठुलो मात्रामा लागू औषध ११२८ थान र १०० चक्कि नाईट्रोसन सहित ७ पक्राउ

कास्की , ९ जेठ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुखको रुपमा २०७५ वैशाख ३० गतेदेखी १२ बुदे कार्ययोजना बनाई कास्की जिल्लालाइ सकेसम्म अपराध रहित जिल्ला बनाउने अभिलाषा लिई सम्पुर्ण कस्केली जनता ,बिभिन्न सामाजिक संघ सस्था, पत्रकार सामुदायिक सेवा केन्द्र, नागरीक समाज, उद्योगी ,ब्यावसायी, सेवा निबृत कर्मचारी ,बहालवाला कर्मचारी सरोकारवाला निकाय को साथ , सहयोग र अमुल्य सल्लाह सुझाव लिई कार्य सम्पादन गर्दै अगाडी बढ्ने क्रममा पोखराका युवा पुस्ताहरुमा बिकराल रुपमा फैलिदै गरेको अबैध लागू औषधको प्रयोग जस्को कारणले समाजमा फैलिदै गरेको अपराधिक क्रियाकलाप विकृति/बिसगती, बिभिन्न भयानक रोगहरुको अन्त गरी सुन्दर समाजको निर्माणको लागी मजकुर कार्यालयहरुको निर्देशनलाई समेत शिरोपर गर्दै “लागू औषध निष्तेज महाअभियान २०७५” नामाकरण गरी विभिन्न चुनौति तथा बाधा ब्यावधानलाइ पन्छाउदै बिबिध कार्यक्रम सम्पन्न गरी लागू औषध नियन्त्रणमा हालको अबस्थामा आईपुगेको छ ।


यसै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोसाकमा प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले सुचना संकलनको आधारमा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं ९ पृथ्बिचोक स्थित होटलबाट लागू औषध ओसार-पोसार गरी बिक्रि बिबरण गर्ने निम्न स्थान बस्ने निम्न २ महिला सहित ७ जना ब्यक्तिहरुलाई लागू औषध बुर्फिनर्फन– ३७६ थान , डाईजापाम – ३७६ थान, फेनेरागन – ३७६ थान र नाईट्रोसन १०० चक्की सहित गरी जम्मा ११२८ थान १०० चक्कि नाईट्रोसन बरामद गरी थप आबश्यक सोधपुछ तथा अनुसन्धान कार्य भईरहको ।


निम्नं
१) जि.रुपन्देही रोहीणी गा.पा ७ धगधगी बस्ने बर्ष-४३ को रामबृक्ष कोहार ।
२) जि.रुपन्देही रोहीणी गा.पा ७ धगधगी बस्ने बर्ष-४०की तेतरी कोहार ।
३) जि.रुपन्देही रोहीणी गा.पा ७ धगधगी बस्ने बर्ष-२० की सोनम कोहार ।
४) जि.कास्की पोखरा म.न.पा.वडा नं.-०१ बस्ने बर्ष-२६ को अनिल गुरुङ ।
५) जि.कास्की पोखरा म.न.पा.वडा नं.-२८ बस्ने बर्ष-२० को शुक्रराज सुनार ।
६) जि.कास्की पोखरा म.न.पा.वडा नं.-१३ बस्ने बर्ष-४४ को विक्रम वि.क.
७) जि.कास्की पोखरा म.न.पा.वडा नं.-३२ बस्ने बर्ष-३४ को अजय गुरुङ ।

अनुसन्धान पछि खुलेका तथ्यहरु :-
१) पोखरामा लागू औषध भित्रनका लागी पोखराका ड्रक्स डिलरहरुले बोर्डर जिल्लाहरुमा IMEI मार्फत पैसा पठाउने गरेको
२) बोर्डरका जिल्लाहरुबाट पैसा निकालि INDIA बाट लागू औषध नेपाल भित्राउने गरेको
३) Carrier को प्रयोग गरी लागू औषध पोखरा भित्राउने गरेको र सोवापत केही रकम Carrier लाई दिने गरेको ।
४) Carrierले पोखरामा आई पोखराका डिलरहरुलाई लागू औषध दिई फिर्ता जाने गरेको
५) पोखराका डिलरहरुले पोखरा भित्र लागू औषध प्रयोग कर्ताहरुलाई बिक्रि बितरण गर्ने गरेको ।