विजय लामालाई इलेक्टिक ह्विल चियर सहयोग

रत्ननगर ०९ जेठ । रत्ननगर ९ लालपर्साका विजय लामालाई इलेक्टिक ह्विल चियर प्रदान गरिएको छ । एभरेष्ट इन्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजिका सिइयो सुजन बराल र अभियान्ता धु्रव अधिकारीले लामालाई इलेक्टिक ह्विल चियर सहयोग गरेका हुन । अमेरिकाबाट खरिद गरी नेपाल ल्याइएको सो ह्वील चियर सुविधा सम्पन्न रहेको छ । लालपर्सामा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुको रोहवरमा बराल र अधिकारीले लामालाई ह्विल चियर हस्तान्तरण गरेका थिए । दुई बर्ष अघि देखिको निरन्तरको प्रयासबाट लामालाई ह्विल चियर प्रदान गर्न सफल भएको अभियान्ता अधिकारीले बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती लामाले विजय लामालाई ह्विल चियर प्रदान गरेर बराल र अधिकारीले मानबताको उदाहरण प्रस्तुत गरेको बताइन । ह्विल चियर हस्तान्तरण कार्यक्रममा वडा सदस्य कमानसिं चौधरी,लोक गायम मिलन लामा,पूर्व सभासद् पार्वती महतो,अपाङग समन्वय समिति रत्ननगरका अध्यक्ष इन्द्र चालिसे, वडा स्तरीय अपाङग समन्वय समितिका संयोजक राजेश्वर भण्डारी लगायतको सहभागिता रहेको थियो । करिव १० बर्ष अघि करेण्ट लागेर लामा अपाङगता भएका थिए ।