चितवनमा मनाईयो कृष्णसेन इच्छुक स्मृति दिवस, दुई कविलाई सम्मान र कविता वाचन

 

चितवन, जेष्ठ ११ । चितवनमा मानवअधिकारवादी तथा मुक्तियोद्धा कृष्णसेन इच्छुकको स्मृति दिवस मनाईएको छ ।

प्रगतिशील लेखक संघ चितवनलको आयोजनामा यहाँ कविता वाचन तथा सम्मान कार्यक्रम गरि १७ औं कृष्णसेन इच्छुक स्मृति दिवस मनाईएको हो ।

संघले भरतपुरमा आयोजित कार्यक्रममा संघका पुर्व अध्यक्ष कवि तथा निवन्धकार सरिता तिवारी र प्रगतिशिल कवि सुमनराज श्रेष्ठलाई सम्मान गरिएको थियो । सो कार्यक्रमा दुर्इ दर्जन भन्दा धेरै कविता वाचन गरिएको थियो ।

“भोलिप्रति” भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रशेव गरेका पत्रकार समेत रहेका इच्छुकको द्धनदकालमा राज्य पक्षबाट २०५९ जेष्ठ १३ गते हत्या भएको थियो ।
जनकवि, लेखक, जनयुद्धका योद्धा र युद्धमोर्चाका पत्रकार भनेर स्मरण गरिने इच्छुकको शोकाञ्जलि, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरी, पर्खालभित्रका बन्द आवाजहरु लगायतका झण्डै आधादर्जन कृतिहरु प्रख्यात रहेका छन् ।

प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष विपिन पाठकको अध्यक्षतामा भएको स्मृति कार्यक्रममा प्रगतिवादी कवि तथा निवन्धकार कुन्ता शर्माको प्रमुख आतिथ्यता रहेको थियो । जनयोद्धा इच्छुकको दायित्व पुरा गर्नु नै सवैको कर्तव्य रहेको भन्दै देशमा बढिरहेको व्यथिति, विकृतिमाथि कलम चलाउन पर्ने शर्मा बताए।

कार्यक्रममा साहित्यकार इन्द्र रेग्मी, प्रकाश चापागाइँ, संघका सहसचिव अनाम किरण लगायतका साहित्यकारहरुको सहभागिता रहेको थियो ।