ब्राजिलको जेलमा हिंसा मच्चिँदा १५ जनाको मृत्यु, दजनौं घाइते

एजेन्सी, १३ जेठ । ब्राजिलमा जेलमा हिंसा मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

ब्राजिलको अमेजोनास राज्यमा रहेको जेलमा हिंसा मच्चेको हो । हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् ।

कैदीहरुले एकअर्काविरुद्ध चक्कु र अन्य घरेलु तथा साना हतियारले आक्रमण गरेको अधिकारीले जनाएका छन् । हिंसा मच्चिनुको कारणबारे अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

ब्राजिलका अधिकांश जेलमा क्षमताभन्दा धेरै दोब्बर कैदी रहेको तथा विभिन्न आपराधिक ग्याङ्गबीचको आपसी दुश्मनीका कारण बेलाबेला हिंसा मच्चिने गरेको छ ।

त्यस्तै कैदीहरुले गार्डमाथि हिंसात्मक आक्रमण गरी जेलबाट भाग्ने प्रयास पनि हुने गरेको छ । ब्राजिलका जेललाई संसारकै सबैभन्दा असुरक्षित मानिन्छ ।